गृहपृष्ठ ∕ समाचार ∕ भोटेकोशीमा सडेगलेको अवस्थामा एक पुरुषको शव भेटियो भोटेकोशीमा सडेगलेको अवस्थामा एक पुरुषको शव भेटियो सिन्धु खबर जेठ २३, २०७७ गते १६:१५ मा प्रकाशित चौतारा । भोटेकोशी गाउँपालिकामा एक जना पुरुषको लाश भेटिएको छ । भोटेकोशी ४ क्यामडाँडामा आज सडेगलेको अवस्थाको एक पुरुषको शव भेटिएको हो । प्रहरी नायव उपरीक्षक (डीएसपी) माधव प्रसाद काफ्लेका अनुसार उक्त शव भोटेकोशी ४ बस्ने वर्ष ५५ को गणेश बहादुर सिलवाल (खत्री) हो । खत्रीको शव घरभन्दा १ सय ५० मिटर पश्चिममा फोहोर फाल्ने ठाउँमा ढुंगाको चेपमा भेटिएको छ । शव सडेगलेको अवस्थामा भेटिएकाले कहिले कुन समयमा उनको मृत्यु भएको हो खुल्न नसकेको प्रहरीले जनाएको छ । उनी वैशाख ८ गते हराएको भनि जेठ १ गते प्रहरी चौकी फुल्पिङकट्टीमा निवेदन परेको थियो । उनको खोजतलास भइरहेको अवस्थामा स्थानीयहरु घाँस काट्न जाने क्रममा गन्ध आएकोले के रहेछ भनी हेर्दा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटना बारे खबर प्राप्त हुनासाथ प्रहरी चौकी फुल्पिङकट्टीबाट प्रहरी सहायक निरिक्षकको कमाण्डमा २ जना र ईलाका प्रहरी कार्यालय बाह्रविसेबाट प्रहरी निरिक्षक नवराज न्यौपानेको कमाण्डमा ४ जनाको टोली घटनास्थल पुगेको थियो । न्यौपानेको कमाण्डको टोलीले घटनास्थल तथा लाशजाँच मुचुल्का लगायतका प्रारम्भिक अनुसन्धानका कार्यहरु सम्पन्न गरेको छ भने थप अन्य अनुसन्धान गर्ने कार्य जारी रहेको डीएसपी काफ्लेले जानकारी दिए । मृतक खत्रीको घरमा श्रीमती, छोरा बुहारी छन् भने एक छोरा विदेशमा रेहेका छन् । क्याटेगोरी : समाचार, समाज ट्याग : #banner तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार प्राधिकरणको अर्काे सूचना: चौतारा, बाह्रविसे र खाडीचौर क्षेत्रमा बत्ती नजाने यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे जुगलका दुई बस्ती सार्न सिफारिश धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ३उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे ४चाइनीज नागरिक कुट्ने बुद्धि पक्राउ ५फेरि बन्द हुने भयाे ताताेपानी नाका ६दुवै पक्षका नेकपा सिन्धुकाे पदबाट हटाउने-राख्ने हाेड,केपी पक्षकाे संयाेजकमा देउजा ७ह्योल्मो भूमि हेलम्बुमा लोभलाग्दो हिमाल (फोटोफिचर) ८काँग्रेस सभापति देउवा बाह्रबिसे आउँदै