शनिबार, असोज ६, २०८०
गृहपृष्ठसमाचारपूर्वमन्त्रीले बस्नेतले गरिदिए सिन्धुपाल्चोकका ६ सय १३ जना स्वास्थ्यकर्मीको कोरोना बिमा

पूर्वमन्त्रीले बस्नेतले गरिदिए सिन्धुपाल्चोकका ६ सय १३ जना स्वास्थ्यकर्मीको कोरोना बिमा


चौतारा । पूर्वमन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य मोहन बहादुर बस्नेतले सिन्धुपाल्चोकमा कार्यरत सम्पुर्ण स्वास्थ्यकर्मीहरुको म्यादी जीवन बिमा गराएका छन् । पूर्वमन्त्री बस्नेतले जिल्लामा कार्यरत ६ सय १३ स्वास्थ्यकर्मीको एक लाख बराबरको जीवन बिमा गरिदिएका हुन् ।

जिल्लाभर रहेका सरकारी हस्पिटल, प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी, उपस्वास्थ्य चौकीमा कार्यरत डाक्टर देखि कार्यालय सहयोगीसम्म सम्पुर्ण तहका स्वास्थ्यकर्मीको कोरोना बिमा गरिएको हो । आज चौतारामा पुगेर बस्नेतले चौतारा अस्पतालका जनस्वास्थ्य प्रमुख दुर्गादत चापागाईलाई भेटी सबै स्वास्थ्यकर्मीको जीवन बिमा गरेको कागजपत्र बुझाएका छन् ।

कोरोना संक्रमण नियन्त्रणमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मीहरु उच्च जोखिममा रहेका हुँदा उनीहरुको मनोबल उच्च राख्न स्वास्थ्यकर्मीको बिमा गरिदिएको बस्नेतले बताएका छन् । पीसीआर पोजेटिभ देखिएमा स्वास्थ्यकर्मीले १ लाखको बिमा रकम पाउनेछन् । बस्नेतले कोरोनाका कारण नेपालमै पहिलो मृत्यु भएकी व्यक्तिको नाबालक बच्चाको शिक्षा र लालनपालनको जिम्मा लिएका थिए ।


क्याटेगोरी : समाचार, स्वास्थ्य/शिक्षा
ट्याग : #banner

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!