Techie IT
Monday, June 21,2021 / आईतबार, असार ६, २०७८
×
गृहपृष्ठसमाचारहोटेल र रिर्सोटलाई क्वारेन्टाइन बनाउने निर्णय विरुद्ध स्थानीय

होटेल र रिर्सोटलाई क्वारेन्टाइन बनाउने निर्णय विरुद्ध स्थानीय


सिन्धुपाल्चोक – जिल्लाका होटेल र रिर्सोट क्वारेन्टाइनको लागि प्रयोग गरेमा सबैतिर कोरोना भाइरस (कोभिड १९) संक्रमण फैलिने भन्दै स्थानीयले लकडाउन तोड्दै विरोध गरेका छन् । पर्यटन व्यवसायीमार्फत जिल्ला प्रशासन, प्रहरीदेखि जनप्रतिनिधिलाई ज्ञापनपत्र बुझाएर स्थानीयले रिर्सोट र होटेललाई क्वारेन्टाइन बनाउने निर्णयलाई तत्काल बदल्न दबाब दिए ।

सुनकोसी र भोटेकोसी किनार क्षेत्रमा रहेका अधिकाशं होटल र रिर्सोट सडकसँगै जोडिएका छन् । ती होटल तथा रिसोर्ट बलेफी, सुकुटे, कोठे बजार छेउमै छन् । भारत तथा विदेशबाट आउने स्थानीयलाई होटेल र रिर्सोटको क्वारेन्टाइनमा राख्दा संक्रणको जोखिम बढ्ने हुँदा विरोधमा उत्रनुपरेको बलेफी गाउँपालिका बलेफीका स्थानीय राजेश कार्कीले बताए । ‘व्यवसायी मात्रै सहभागी भई बसेको बैठकले यस्तो गैर जिम्मेवार निर्णय कसरी गरिएको हो, मानव बस्ती छेउकै क्वारेन्टाइनले संक्रमण फैलने डर हुन्न र ? ,’उनले प्रश्न गरे । जिल्लाभरको प्राय सबै क्वारेन्टाइन खाली रहँदा रिर्सोट र होटेललाई केन्द्रित गरेर क्वारेन्टाइन बनाउन खोजिएको स्थानीयको आरोप छ ।

कोरोना भाइरस संक्रमणकै कारण पहिलो पटक सिन्धुपाल्चोककै सुत्केरी महिलाको ज्यान गएपछि जिल्लावासी त्रसित छन् । बुधवार जिल्लाका थप एक जनामा कोरोना संक्रमण देखिएपछि झनै आत्तिएका छन् । बुधवार बेलुकीसम्म सयभन्दा बढी स्थानीयले रिर्सोट र होटेल घेरेर प्रशासन र जिल्ला समन्वय समितिलाई स्थानीयको स्वास्थ्यँग खेलबाड नर्गन चेतावनी दिए । ‘त्यहाँ बिरामी र यात्रुको आउजाउ भइरहन्छ ,यहाका होटेल र रिर्सोट सडक छेउमै छन् , यसले गर्दा बजारमा उच्च जोखिम बढाएको छ, ’उनले भने ।

आइतबार जिल्ला समन्वय समितिको अगुवाइमा प्रशासन, प्रहरी र व्यवसायीको छलफलमा दुई रिर्सोट क्वारेन्टाइनको लागि प्रयोग गर्न दिने सहमती भएको थिए । त्यस सहमतीलगत्तै स्थानीय कोरोना भाइरस संक्रमण सर्ने डर झनै बढेको भन्दै आक्रोशित बनेका छन् । जिल्लाभर रहेका रिर्सोट र होटेल प्रयोगमा ल्याउनेप्रति व्यवसायी तयार भएपनि त्रासमा स्थानीयले अवरोध गरेपछि अन्योलमा परेको अगुवा व्यवसायी महेन्द्रसिंह थापाले बताए । ‘सबै व्यवसायी सहयोग गर्न एकदमै तत्पर छौ तर स्थानीयले संक्रमण फैलिने त्रासमा आन्दोलन गर्दै रिर्सोट घेरिरहेका छन्, अब के गर्ने अन्योलमा परेका छौ, ’उनले भने ।

यसबारे जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङले भने गएको आइतबार बसेको छलफलमा सबै व्यवसायी सहमत भएको बताए । ‘रिर्सोटमा खासै समस्या होलाजस्तो देखिदैन्, स्थानीयमा मनस्थिती अरु नै परेको हुनसक्छ, यसबारे छलफलमा जान्छौ,’उनले भने । प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले यसबारे सम्पूर्ण यर्थाथ बुझेर छलफलमा जाने बताए ।

विश्वभर रहेका ६ हजार नदीनालामा एडभेन्चरक दश वटा उत्कृष्ट नदीमा ७ औं मा भोटेकोसी र सुनकोसी छन् । यहाँको जलपर्यटनसहित झण्डै दुई दर्जन होटेल र रिर्सोट लकडाउनपछि शुन्य बनेको छ ।


क्याटेगोरी : समाचार, स्वास्थ्य/शिक्षा
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!