Techie IT
Saturday, April 17,2021 / शुक्रबार, वैशाख ३, २०७८
×
गृहपृष्ठसमाचार`एनआरएन` अमेरिकाले नेपाली भाषा र नैतिक शिक्षाको पाठ्यपुस्तक तयार गर्दै

`एनआरएन` अमेरिकाले नेपाली भाषा र नैतिक शिक्षाको पाठ्यपुस्तक तयार गर्दै


काठमाडौं । एनआरनए, अएमेरिकाको नेपाली पाठशाला टास्कफोर्स कमिटीले नेपालीभाषा र नैतिक शिक्षाका पुस्तकहरुको प्रकाशन तथा पाठ्यक्रमको ढाँचा तयार गर्ने कार्यलाई द्रुत गतिमा अगाडि बढाएको छ । नेपालबाट विभिन्न कारणले प्रवासमा रहेका नेपालीहरुलाई नेपालको भौगोलीक, संस्कृतिक, ऐतिहाँसिक जानकारीका साथै नेपाली भाषा, कला र पहिचाननलाई पुस्तान्तरण गराउने उद्देश्यले पाठ्यक्रम तयार गर्ने कामलाई अघि बढाइएको हो । धेरै पहिले देखि नै एनआरएन अमेरिकाले यस क्षेत्रमा बिशेस कदम चालेको छ ।

सन्तोष बिष्टको अध्यक्षतामा बसेको पाठशाला टास्कफोर्स कमिटीको कन्फरेन्स बैठकमा कमिटीका सहभागी पदाधिकारीहरुले निकट भविष्मा नेपाली भाषा तथा नैतिक शिक्षाको पाठ्यक्रम ढाँचा र पाठशाला संचालन निर्देशिका तयार गर्ने बारेमा बिभिन्न सुझावहरु पेश गरेका छन् । बैठकमा भोज बलायर, डा.चुडामणि खनाल, हरी जोशी, बिष्णु खरेल, लक्ष्मी बराल, मित्र धिताल, डा.मुक्ति अर्याल, नारायण खनाल, शिव मुल आदिले कार्य थालनीलाई प्राथमिकताका साथ अगाडी बढाउने निर्णयका साथै टास्कफोर्स कमिटीको सदस्य सचिवमा क्यालिफोर्निया बस्ने नारायण खनाललाइ जिम्मेवारी दिएको छ ।

पाठशाला टास्कफोर्स कमिटीको कन्फरेन्स बैठकमा एनआरएनए अमेरीकाका कोषाध्यक्ष नेत्र बन्धु पोखरेलले टास्कफोर्स कमिटीका हरेक कामलाई प्राथमिकताका साथ हेरेको र जुनसुकै सहयोग गर्न तयार रहेको बताए । कार्यक्रममा एनआरएनए, टेक्सास च्याप्टरका अध्यक्ष राजेश अर्याल र सचिव सोफिन थापाले हालै टेक्सास च्याप्टरले पहिलो पटक प्रकाशनमा ल्याएका नेपाली भाषा र नेपाली नैतिक ज्ञानदर्शनका आधारभूत तहका पुस्तकहरुको बारेमा जानकारी दिएका थिए ।

साथै निशुल्क बिरतण भैरहेका पुस्तकहरुको उपलब्धताका बारेमा जानकारी समेत दिए । नेपाली समाज टेक्सासका अध्यक्ष दिनेश शर्माले टेक्सासले संचालन गरिरहेको नेपाली पाठशालाको कार्यान्वयन पक्ष र हालै एनआरएनए, टेक्सास च्याप्टरबाट उपलब्ध गराएका पुस्तकहरुले अनलाईन कक्षाको पठनपाठनमा पुरयाएको सहयोगका लागि टेक्सास च्याप्टरलाई धन्यवाद दिए ।

हालको कोभिड-१९ को यस बिषम परिस्थितीमा पूर्बिय दर्शनको महत्व झनै बढेकाले अनलाईन र फेस टु फेस मोडलबाट कसरी गुणात्मक कक्षा संचालन गर्न सकिन्छ भन्ने सम्बन्धमा टास्कफोर्स कमिटिले सबैमा सुझावको लागि अनुरोध समेत गरेको छ ।


क्याटेगोरी : समाचार, समाज
ट्याग : #banner


तपाईको प्रतिक्रिया दिनुहोस