कोरोना देखिएका इन्द्रावतीका युवालाई थप उपचारका लागि काठमाडौं लगियो

मेलम्ची । भारतबाट आएर मेलम्चीको क्षेत्रीय क्वारेन्टाइनमा बसेका युवामा कोरोना संक्रमण देखिएपछि उनलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ । पीसीआर परीक्षणमा पोजेटिभ देखिएपछि उनलाई आज नै थप उपचारका लागि काठमाडौंको टेकु अस्पताल पठाइएको मेलम्ची नगरपालिकाका मेयर डम्बर बहादुर अर्यालले जानकारी दिए ।
जेठ १२ गते उनीसहित अन्य १८ जना भारतबाट कपिलवस्तु हुँदै सिन्धुपाल्चोक आएका थिए । जसमध्ये पाँचजनालाई क्षेत्रीय क्वारेन्टाइन मेलम्चीमा राखिएको थियो ।१७ गते आरडीटी परीक्षणमा पोजेटिभ देखिएपछि उनीसहित पाँचैजनाको स्वाब संकलन गरी परीक्षणका लागि टेकु प्रयोगशाला पठाइएको थियो । पीसीआर परीक्षणका क्रममा उनमा कोरोना पोजेटिभ देखिएको मेयर अर्यालले बताए ।
उनीसँग सम्पर्कमा रहेका अन्यको खोजी भइरहेको छ । कन्ट्याक ट्रेसिङ मार्फत उनीहरुको पनि स्वाब संकलन गरेर पठाउने तयारी गरिएको छ । उनी इन्द्रावती गाउँपालिका १० का हुन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking
तपाईको प्रतिक्रिया दिनुहोस