गृहपृष्ठ ∕ समाचार ∕ लिस्तीका ५ सय ७३ परिवारलाई राहत वितरण लिस्तीका ५ सय ७३ परिवारलाई राहत वितरण सिन्धु खबर जेठ २०, २०७७ गते १६:०७ मा प्रकाशित चौतारा । भोटेकोशी गाउँपालिका-१ मा राहत सामग्री वितरण गरिएको छ । लामो समय लकडाउन भएको र कृषि उब्जनी पनि पर्याप्त नहुने भएकाले नागरिकहरु भोकै नपरुन भनेर राहत वितरण गरेको वडाध्यक्ष मुके शेर्पाले जानकारी दिए । अध्यक्ष शेर्पाका अनुसार वडामा ५ सय ७३ घरपरिवारलाई राहत वितरण गरिएको छ । वडामा रहेको ज्येष्ठ नागरिक, अपागं, अशक्त, एकल महिला र पुरुष र आर्थिक अवस्था नाजुक भएका ५ सय ७३ जनालाई राहत वितरण गरिएको हो । राहतमा चामल, नुन, तेल, मस्यौरा, दाललगायतका खाद्यान्न सामग्री छन् । वडाले अतिविपन्न र अशक्तको तथ्याकं संकलन गरेर गाउँपालिकामा पठाएको र सोही अनुसार गाउँपालिकाले राहत सामग्री उपलब्ध गराएको अध्यक्ष शेर्पाले बताए । भोटेकोशी १ सिन्धुपाल्चोकको हिमाली भेगमा पर्दछ । जहाँ एकदमै कम खाद्यान्न उत्पादन हुन्छ । कोरोना भाइरसले भन्दापनि लकडाउनका कारण काम गर्न नपाएर स्थानीयहरु भोकभोकै हुने अवस्था आएपछि वडाले राहत वितरण गरेको हो । राहत लिनका लागि टोल टोलका मानिसहरुलाई विभिन्न समयमा वडामा नै आउने गर्छन् । भीडभाड नहोस् भनेर मानिसहरुलाई दैनिक रुपमा छुट्टाछुट्टै समयमा वडामा बोलाएर राहत दिएको अध्यक्ष शेर्पाको भनाइ छ । क्याटेगोरी : समाचार, समाज ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार इन्द्रावतीमा सार्वजनिक बिदा चार हप्तापछि मेलम्ची सुरुङमा पानी हाल्न सकिने चुनाव तयारीमा हाेमियाे निर्वाचन कार्यालय इन्द्रावतीका कार्यालय सहयोगीले गरे आत्महत्या धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ३यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ४चाेरीका माेटरसाईकल नियन्त्रणमा सिन्धु प्रहरीकाे सक्रियता ५उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे ६चाइनीज नागरिक कुट्ने बुद्धि पक्राउ ७नेकपा फुटको असर सिन्धुका पत्रकारमा पनि, को कता ? ८महिनाकै सर्वोत्कृष्ट प्रदेश प्रहरीमा बाह्रबिसेका इन्स्पेक्टर शाह