शनिबार, असोज ६, २०८०
गृहपृष्ठसमाचारखुकुरी कोखामा रोपिएपछि सुनकोशीमा एक पुरुषको मृत्यु

खुकुरी कोखामा रोपिएपछि सुनकोशीमा एक पुरुषको मृत्यु


चौतारा । आफैले बोकेको खुकुरी आफ्नै कोखामा रोपिएपछि एक पुरुषको मृत्यु भएको छ । त्रिपुरासुन्दरी-३ सुनकोशी बस्ने वर्ष ५० को ज्ञान बहादुर श्रेष्ठको चिप्लने क्रममा आफैले बोकेको खुकुरीले कोखामा लागि आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए ।

श्रेष्ठ तरकारी खेती गर्न टनेल बनाउन घर भन्दा तीन सय मिटर पर बाँस झ्यामा बाँस काट्ने क्रममा चिप्लिएर लड्न गई आफैले बोकेको खुकुरी आफ्नै बाँया कोखामा रोपिएर घाइते भएका थिए ।

श्रेष्ठलाई छोराले बोलाउँदै जाँदा घाइते अवस्थामा भेटेपछि उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र बाह्रबिसे ल्याइएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : समाचार, समाज
ट्याग : #banner

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!