बुधबार, मंसीर २०, २०८०
गृहपृष्ठसमाचारमृत्यु भएका चौतारा नगरपालिकाका पुरुषको कोरोना रिपोर्ट नेगेटिभ

मृत्यु भएका चौतारा नगरपालिकाका पुरुषको कोरोना रिपोर्ट नेगेटिभ


चौतारा । चौतारा साँगाचोकगढी-१३ का शनिबार राति मृत्यु भएका एक पुरुषको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । १४ दिन क्वारेन्टाइनमा बसेर घर गएका ६८ वर्षका पुरुषको शनिबार राति एक्कासि बिरामी भएर मृत्यु भएको थियो ।

कोरोना आशंका गरि उनको स्वाब संकलन गरि हिजो नै परीक्षणका लागि टेकु प्रयोगशाला पठाइएको थियो । उनको पीसीआर रिपोर्टबाट कोरोना नदेखिएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

उनलाई राति श्वासप्रश्वासमा समस्या भएपछि वडामा रहेको स्वास्थ्यचौकीमा उपचारका लागि लगिएको थियो । र त्यही नै उनको मृत्यु भएको थियो । उनको हिजो नै दाहसंस्कार गरिएको छ ।

उनी गत वैशाख १० गते काठमाडौंको हरिसिद्धीबाट घरमा आएका थिए । सोही दिन उनलाई चौतारा साँगाचोकगढी-८ मेलचौरको क्वारेन्टाइनमा राखिएको थियो । वैशाख २४ मा दुई हप्ता पुगेपछि उनको आरडीटी परीक्षणमा नेगेटिभ देखिएपछि घर पठाइएको थियो ।


क्याटेगोरी : समाचार, स्वास्थ्य/शिक्षा
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!