Techie IT
Wednesday, May 12,2021 / बुधबार, वैशाख २९, २०७८
×
गृहपृष्ठसमाचार१४ दिन क्वारेन्टाइन बसेर घर फर्केका एक पुरुषको मृत्यु

१४ दिन क्वारेन्टाइन बसेर घर फर्केका एक पुरुषको मृत्यु


चौतारा । गत वैशाखमा १४ दिन क्वारेन्टाइन बसेर घर फर्केका एक व्यक्तिको गएराति मृत्यु भएको छ । चौतारा साँगाचोकगढी-१३ का ६८ वर्षका पुरुषको एक्कासि बिरामी भएर मृत्यु भएको हो । उनलाई राति श्वासप्रश्वासमा समस्या भएपछि वडामा रहेको स्वास्थ्यचौकीमा उपचारका लागि लगिएको थियो ।

उपचारका क्रममा उनको मृत्यु भएको प्रहरी नायव उपरीक्षक माधव काफ्लेले जानकारी दिए । शवलाई जिल्ला अस्पताल चौतारा ल्याउने तयारी भैरहेको काफ्लेले बताए । उनमा कोरोना संक्रमणका आशंका गरीे स्वाब संकलन गरेर परीक्षणका लागि पठाउने जिल्ला कोभिड-१९ विपद व्यवस्थापन समितिले निर्णय गरेको छ ।

उनी गत वैशाख १० गते काठमाडौंको हरिसिद्धीबाट घरमा आएका थिए । सोही दिन उनलाई चौतारा साँगाचोकगढी-८ मेलचौरको क्वारेन्टाइनमा राखिएको थियो । वैशाख २४ मा दुई हप्ता पुगेपछि उनको आरडीटी परीक्षणमा नेगेटिभ देखिएपछि घर पठाइएको थियो ।

उनको शव व्यवस्थापन कोरोनाबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापन अनुरुप गर्ने विपद व्यवस्थापन समितिले निर्णय गरेको छ ।


क्याटेगोरी : समाचार, समाज
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस