शनिबार, असोज ६, २०८०
गृहपृष्ठसमाचारहेलम्बुका बिरामीलाई गाउँमै ‘अक्सिजन’

हेलम्बुका बिरामीलाई गाउँमै ‘अक्सिजन’


हेलम्बु । कोरोना संक्रमण तीव्र रुपमा बढेसँगै हेलम्बु गाउँपालिकाले संक्रमणको अवस्था आउन सक्ने भन्दै दुई वटा अक्सिजन कन्सनट्रेटरको व्यवस्था गरेको छ । गाउँपालिकाले आगामी दिनमा पर्न सक्ने विपदको आँकलन गर्दै जस्ट नेपालको सहकार्यमा दुइवटा अक्सिजन कन्सनट्रेटरको व्यवस्था गरेको गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले जानकारी दिए ।

हेलम्बु स्वास्थ्य शाखाका प्रमुख ज्ञानेन्द्र सिग्देलका अनुसार अक्सिजन कन्सनट्रेटरले वायुमण्डलमा भएको अक्सिजन जम्मा गरेर मानिसलाई पठाउँछ । सिलिण्डरजस्तो यो सकिदैंन उनले भने, ‘यसले वायुमण्लबाट आफै अक्सिजन लिन्छ र बिरामीलाई पठाउँछ ।’ गाउँपालिका अध्यक्ष शेर्पाले गाउँपालिकाका सबै वडामा अक्सिजन कन्सनट्रेटरको व्यवस्था गर्ने आफ्नो योजना रहेको बताए ।

अहिले दुईवटै अक्सिजन कन्सनट्रेटर गाउँपालिकाको स्वास्थ्य शाखामै राखिएको छ । त्यहाँ पनि बिरामीको जाँच गरिने र भोलेन्टियर डाक्टरहरु त्यही बस्ने हुँदा त्यही राखेको प्रमुख सिग्देलले बताए । आगामी दिनमा हेलम्बुमा बन्ने प्राथमिक अस्पतालमा त्यो राखिने छ । हेलम्बुमा १५ शैयाको अस्पताले बन्ने निश्चित भइसकेको छ ।

यसैबीच पछिल्लो समय गर्मी बढेसँगै गाउँपालिकामा बिरामीको चाप बढ्न थालेको छ । ज्वरोको सिजन भएकाले गापाभित्र रहेका ९ वटै स्वास्थ्य चौकीमार्फत बिरामीको विवरणहरु जम्मा गर्न थालिएको पनि उनले जानकारी दिए ।


क्याटेगोरी : समाचार, स्वास्थ्य/शिक्षा
ट्याग : #banner

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!