बुधबार, असोज १७, २०८०
गृहपृष्ठसमाचारइचोक बर्थिङ सेन्टरमा सय नम्बरमा जन्मेको बच्चाको ‘सेलिब्रेसन’

इचोक बर्थिङ सेन्टरमा सय नम्बरमा जन्मेको बच्चाको ‘सेलिब्रेसन’


हेलम्बु । इचोक स्वास्थ्य चौकीले सुरक्षित रुपमा एक सय बच्चा जन्माएको छ । शुक्रबार एक सय बच्चा सुरक्षित रुपमा जन्माएको भन्दै इचोक स्वास्थ्य चौकीले सयौं नम्बरमा जन्मेको बच्चा र आमालाई मायाको चिनो तथा सम्मान गरेका छ । हेलम्बु – ४ की कृशला रिजालले छोरालाई एक सय नम्बरमा जन्म दिएकी थिइन् ।

सो अवसरमा स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मी र जनप्रतिनिधिले खुशी मनाएका छन् । हेलम्बु -७ का वडाध्यक्ष खेतनाथ घिमिरेले स्वास्थ्य चौकीप्रति जनविश्वास बढेको भन्दै खुशी व्यक्त गरेका छन् । उक्त अवसरमा स्वास्थ्य चौकी वरपर सरसफाइ र वृक्षारोपण गरिएको छ ।

हिजो नै थप दुईजना नयाँ बच्चा जन्मिएका छन् । आर्थिक वर्षको समाप्तिसँगै एक सय १० जना बच्चा सुरक्षित रुपमा जन्माउने बर्थिङ सेन्टरको ‘टार्गेट’ छ । आर्थिक वर्षको डेढ महिना बाँकी हुँदै इचोकले सुरक्षित रुपमा एक सय २ जनाको प्रसुति गराएको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले जानकारी दिए । इचोक सिन्धुपाल्चोकमै सुरक्षित प्रसुति गराउने पहिलो बर्थिङ सेन्टर हो ।

ईचोक बर्थिङ सेन्टरमा भिडियो एक्सरे सहितको सुविधा छ । सुरक्षित सुत्केरी गराउन आउनेलाई केही दिन बस्न पर्ने अवस्था आए त्यही बस्ने र खाने व्यवस्था गाउँपालिकाले नै गरेको अध्यक्ष शेर्पाले बताए । गाउँमै विषेश सुविधा पाएपछि हेलम्बुको ईचोक बर्थिङ सेन्टरमा सुत्केरी गराउनेको संख्या ह्वातै बढेको हो ।

भिडियो एक्सरे, २४ सै घण्टा स्वास्थ्यकर्मीको व्यवस्था र गाउँपालिकाको विषेश आर्थिक सहयोग, एम्बुलेन्स सुविधा लगायतको व्यवस्थाले ग्रामीण महिला सुत्केरी गराउन बर्थिङ सेन्टरमा आउन थालेका हुन् । गापाको स्वास्थ्य शाखाका अनुसार दुईवर्ष अघि पाँच जना मात्र बर्थिङ सेन्टरमा सुत्केरी हुन आएका थिए ।

गापाले सुत्केरी हुन बर्थिङ सेन्टरमा आउने महिलालाई एम्बुलेन्स घरमा नै लिन पठाउने र सुत्केरी भएपछि घरमा नै पुर्याउने गरेको छ । सुरक्षित सुत्केरीका लागि स्वास्थ्यसंस्था आउने महिलालाई सरकारले प्रोत्साहन स्वरुप तीन हजार दिने गरेको छ । उक्त तीन हजारमा गापाले तीन हजार थप दिएर सुत्केरी हुन आउने महिलालाई थप प्रोत्साहन दिएको गापाका स्वास्थ्य प्रमुख ज्ञानेन्द्र सिग्देलले बताए ।

गाउँपालिकाभित्र दुईवटा बर्थिङ सेन्टर छ, जसमा यो वर्षको हालसम्म महाकांल स्वास्थ्यचौकीमा ५५ जना र इचोक स्वास्थ्य चौकीमा १ सय २ जनाले सुरक्षित रुपमा प्रसुति गराएको सिग्देलले जानकारी दिए ।


क्याटेगोरी : समाचार, स्वास्थ्य/शिक्षा
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!