Techie IT
Thursday, December 3,2020 / बिहीबार, मंसीर १८, २०७७
×
गृहपृष्ठसमाचारगाउँपालिका अध्यक्षले व्यक्तिगत खर्चमा गरिदिए कर्मचारी, स्वास्थ्यकर्मी र जनप्रतिनिधिहरुको बीमा

गाउँपालिका अध्यक्षले व्यक्तिगत खर्चमा गरिदिए कर्मचारी, स्वास्थ्यकर्मी र जनप्रतिनिधिहरुको बीमा


चौतारा । भोटेकोशी गाउँपालिकाले कर्मचारी, स्वास्थ्यकर्मी र जनप्रतिनिधिहरुको बीमा गरेको छ । गाउँपालिका अध्यक्ष राजकुमार पौडेलले व्यक्तिगत खर्चमा गाउँपालिका भित्रका कर्मचारी, स्वास्थ्यकर्मी र जनप्रतिनिधिको बीमा गरिदिएका हुन् ।

उनले गाउँपालिकामा रहेका ९२ जनाको प्रति एकलाख बराबरको बीमा गरिदिएका छन् । कोरोना भाइरस संक्रमण भएमा पीसीआर रिपोर्ट आएपछि सो लिएर बीमा कम्पनीमा गएमा उनीहरुले एक लाख बराबरको बीमा रकम पाउनेछन् ।

स्वास्थयकर्मी, जनप्रतिनिधि र कर्मचारी फ्रन्टलाइनमा बसेर काम गर्ने हुँदा संक्रमणको जोखिम अत्यधिक भएकाले उनीहरुको बीमा गरेको अध्यक्ष पौडेलले बताए ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस