गृहपृष्ठ ∕ समाचार ∕ इन्द्रावतीमा आरडीटी पोजेटिभ देखिएका व्यक्तिको पीसीआर रिपोर्ट नेगेटिभ इन्द्रावतीमा आरडीटी पोजेटिभ देखिएका व्यक्तिको पीसीआर रिपोर्ट नेगेटिभ सिन्धु खबर जेठ १६, २०७७ गते १८:१७ मा प्रकाशित चौतारा । इन्द्रावती गाउँपालिकाका आरडीटी पोजेटिभ देखिएका व्यक्तिको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । इन्द्रावती ४ का एक व्यक्तिलाई आरडीटी पोजेटिभ देखिएपछि स्वाब संकलन गरि कोरोना भाइरस संक्रमणको परीक्षण गर्न टेकु प्रयोगशाला पठाइएको थियो । काठमाण्डौंबाट आएको पीसीआर रिपोर्टमा उनमा कोरोना नभएको पुष्टि भएको इन्द्रावती गाउँपालिका अधयक्ष वंशलाल तामाङले जानकारी दिए । उनलाई मेल्मची स्थित क्षेत्रीय क्वारेन्टाइनमा राखिएको छ । उनी जेठ ११ गते भरतपुर अस्पतालबाट फर्किएका थिए । यसैगरी इन्द्रावती-४ मा मानिसको समेत आवतजावतमा लगाइएको रोक पनि आजबाट खोलिएको प्रशासकीय अधिकृत श्रीकृष्ण पौडेलले जानकारी दिए । उक्त व्यक्तिलाई आरडीटी पोजेटिभ देखिएपछि वडा नम्बर ४ का उद्योग धन्दा, वित्तीय संस्थाहरु बन्द गरी मानिसको आवतजावतमा समेत रोक लगाइएको थियो । कोरोना संक्रमण नियन्त्रणका लागि रोक लगाइएको गाउँपालिकाले जनाएको छ । यसैगरी संक्रमण आशंकामा इन्द्रावती गाउँपालिकामा हालसम्म १ सय ७ जनाको आरडीटी परीक्षण गरिएको छ । त्यसमध्ये दुई जनाको स्वाब संकलन गरी पीसीआर विधिमार्फत परीक्षण गर्न टेकु पठाइएको थियो । उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएकाले हालसम्म गाउँपालिका कोरोना संक्रमणमुक्त रहेको अध्यक्ष तामाङले बताए । क्याटेगोरी : समाचार ट्याग : #banner तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चुनाव तयारीमा हाेमियाे निर्वाचन कार्यालय खेलकुद मन्त्री तामाङलाई गृह जिल्लामा अवराेध मेलम्चीकी थापा सेनामा प्रतिविद्राेह तथा जंगल युद्धकलाकाे तालिम गर्ने पहिलाे… चाैतारा, लामाेसाँघु, बाह्रबिसे क्षेत्रमा भाेलि ८ घण्टा बत्ती जाने धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ३यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ४चाेरीका माेटरसाईकल नियन्त्रणमा सिन्धु प्रहरीकाे सक्रियता ५उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे ६चाइनीज नागरिक कुट्ने बुद्धि पक्राउ ७महिनाकै सर्वोत्कृष्ट प्रदेश प्रहरीमा बाह्रबिसेका इन्स्पेक्टर शाह ८नेकपा फुटको असर सिन्धुका पत्रकारमा पनि, को कता ?