गृहपृष्ठ ∕ समाचार ∕ गणतन्त्र दिवसको अवसरमा सिन्धुपाल्चोकका दुई कैदीबन्दीको कैद मिनाहा गणतन्त्र दिवसको अवसरमा सिन्धुपाल्चोकका दुई कैदीबन्दीको कैद मिनाहा सिन्धु खबर जेठ १५, २०७७ गते २२:०७ मा प्रकाशित चौतारा । गणतन्त्र दिवसको अवसरमा सिन्धुपाल्चोकका दुई जना कैदी बन्दीको कैद सजाय मिनाहा गरिएको छ । नेपाल सरकारको जेठ १२ गतेको मन्त्रिपरिषदको निर्णय अनुसार ती व्यक्तिहरुको कैद मिनाहा गरिएको हो । सिन्धुपाल्चोकका याङनोर्र्बुु शेर्पा र शरणप्रसाद अधिकारीको कैद मिनाहा भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए । याङनोर्बु कुटपिट तथा अगंभगं मुद्दामा जिल्ला अदालतबाट दोषी करार गरी २०७६ मा जेल परेका थिए । त्यसैगरी शरण प्रसाद अधिकारी सवारी ज्यान मुद्दामा २०६१ मा पुनरावेदन अदालत बुटवलबाट दोषी करार भई जेल परेका थिए । दुवै जनाको नकारात्मक चालचलन नभएकाले गणतन्त्र दिवसका दिन बाँकी कैद मिनाहा गरिएको हो । उनीहरुलाई आज नै घर पठाइएको काफ्लेले बताए । क्याटेगोरी : समाचार, समाज ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार यसरी मनाए माझी समुदायले कोशी पूजा (भिडियो र तस्विरसहित) भोटेकोसीमा सिमल बिसौना गोरेटो तथा प्रतिक्षालयको उद्घाटन सिन्धुपाल्चोककी अन्जुको जीपको ठक्करबाट मृत्यु राष्ट्रपतिले उद्घाटन गरेको जलवायु सम्मेलनको हिसावकिताब माग गर्दै अख्तियारमा उजुरी धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २क्रसरका संञ्चालकले मार्ने योजना बनाएको भन्दै वडाध्यक्षले सुरक्षाकर्मी गुहारे ३मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ४सामुहिक बलात्कारमा संलग्न जुगलका कैलाश पक्राउ ५काँग्रेस क्षेत्रीय सचिव वासुमाथि सांघातिक आक्रमण ६यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ७चाेरीका माेटरसाईकल नियन्त्रणमा सिन्धु प्रहरीकाे सक्रियता ८उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे