Techie IT
Thursday, January 21,2021 / बिहीबार, माघ ८, २०७७
×
गृहपृष्ठसमाचारगणतन्त्र दिवसमा चौतारामा सहिद स्तम्भको अनावरण

गणतन्त्र दिवसमा चौतारामा सहिद स्तम्भको अनावरण


चौतारा । आज गणतन्त्र दिवसको अवसर पारेर चौतारामा नवनिर्मित सहिद स्तम्भको अनावरण गरिएको छ । सागाचोकगढी-५ मा शसस्त्र द्धन्द्धमा मारिएका व्यक्तिहरुको सम्झनामा निर्माण गरिएको शहिद स्तम्भको अनावरण चौतारा साँगाचोकगढीका मेयर आमानसिंह तामाङले गरेका हुन् ।

नगरपालिकाभित्र द्धन्द्धमा मारिएका ६५ जनाको नाम समेत राखिएको छ । सो स्तम्भ तीन लाख लागतमा निर्माण भएको हो ।

यसैगरी आज नै चौताराको महाकाली नारायणस्थानमा बन्ने बाल उद्यानको शिलान्यास गरिएको छ । त्यसैगरी आज नै तामाङले घरेलु तथा साना विकास कार्यालयलाई जग्गा दान गर्ने स्वर्गीय बद्रीचरण कक्षपती को स्मृति स्तम्भ अनावरण गरेका छन् । घरेलु तथा साना उद्योगका लागि स्वर्गीय बद्रीचरण कक्षपतीले १३ आना जग्गा दान गरेका थिए ।


क्याटेगोरी : समाचार, समाज
ट्याग : #banner


तपाईको प्रतिक्रिया दिनुहोस