गृहपृष्ठ ∕ राजनीति ∕ ‘वागमतीले कोरोना नियन्त्रणलाई बेवास्ता गर्यो’ ‘वागमतीले कोरोना नियन्त्रणलाई बेवास्ता गर्यो’ सिन्धु खबर जेठ १४, २०७७ गते २२:१२ मा प्रकाशित चौतारा । प्रदेश सभा सदस्य निमा लामाले वागमती प्रदेशले कोरोनाभाइरस(कोभिड–१९) नियन्त्रण, रोकथाम र उपचारकालागि बेवस्ता गरेको भन्दै सरकारको आलोचना गरेका छन् । बुधबार प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा भाइरस रोकथाम तथा नियन्त्रण गर्ने योजना नभएको भन्दै उनले सरकार जनताको स्वास्थ्य र मुलुकको समस्याप्रति बेखबर रहेको बताए । प्रदेश सभामा बोल्दै उनले सरकारले ल्याएको नीति तथा कार्यक्रमको आलोचना गरे । प्रदेश प्रमुखले कोरोनाभाइरसको संक्रमणको अप्ठेरोमा नीति तथा कार्यक्रम पढ्दैछु भनेपनि त्यसका प्रभावकारी योजना कतै उल्लेख नभएको उनले बताए । उनले भने, ‘वागमती प्रदेश सरकार भाइरस नियन्त्रणमा उदासिन देखिन्छ ।’ रोगसँग लड्नुपर्ने अवस्थामा प्रदेश सरकारको कार्यक्रम सुन्दा प्रतिरोधात्मक क्षमता नै घटाउने खालको भएको व्यंग गरे । लामाले निजी क्षेत्रलाई संवोधन गर्ने र उत्साहित हुने कुनै पनि कार्यक्रम नल्याएको भन्दै नीति तथा कार्यक्रम धेरैजसो नारामा सीमित भएको बताए । नीति तथा कार्यक्रममा उद्योगीको हात, प्रदेश सरकारको साथ भन्ने नारा ल्याएपनि यसको कार्यन्वयन हुने कुनै पनि आधार नभएको उनले बताए । कोरोनाले प्रताडित उद्योगी र व्यवसायीले सरकारबाट राहत प्याकेजको अपेक्षा गरेको प्रसंग जोड्दै उनले पर्यटन व्यवसाय सवैभन्दा बढी मारमा परको बताए । `मेरो गाउँ मैले बनाउँछु, बाँझोबारी मैले खनाउँछु` भन्ने नारा नीति तथा कार्यक्रममा उल्लेख छ । लामाले भने, कृषिलाई पनि प्राथमिकता नदिएको बताए । रासायनिक मलको कारखाना स्थापना गर्ने सुझाव दिँदै उनले नीति तथा कार्यक्रमले सवै क्षेत्रमा निरासा पैदा गरेको दावी गरे । क्याटेगोरी : राजनीति, समाचार ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार यसरी मनाए माझी समुदायले कोशी पूजा (भिडियो र तस्विरसहित) कोरोना संक्रमण र विपत्तिमा सिन्धुमा खटिनेलाई काँग्रेस नेता बस्नेतले सम्मान… सिन्धुपाल्चोककी अन्जुको जीपको ठक्करबाट मृत्यु ७ चैतमा पत्रकार महासंघकाे निर्वाचन, सिन्धुपाल्चोकबाट ९४ ले मतदान गर्ने धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २क्रसरका संञ्चालकले मार्ने योजना बनाएको भन्दै वडाध्यक्षले सुरक्षाकर्मी गुहारे ३मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ४सामुहिक बलात्कारमा संलग्न जुगलका कैलाश पक्राउ ५काँग्रेस क्षेत्रीय सचिव वासुमाथि सांघातिक आक्रमण ६चाेरीका माेटरसाईकल नियन्त्रणमा सिन्धु प्रहरीकाे सक्रियता ७यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ८उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे