बुधबार, असोज १७, २०८०
गृहपृष्ठसमाचारभारत लगायत विदेशबाट आउनेहरु अनिवार्य क्वारेन्टाइनमा बस्नैपर्ने

भारत लगायत विदेशबाट आउनेहरु अनिवार्य क्वारेन्टाइनमा बस्नैपर्ने


चौतारा । भारत लगायत विदेशबाट आउने जिल्लावासीहरुलाई जिल्ला प्रवेश गर्नासाथ क्वारेन्टाइनमा राखिने भएको छ । क्वारेन्टाइनमा राख्नासाथ विदेशबाट आएकाको आरडीटी परीक्षण गर्ने जिल्ला कोभिड-१९ विपद व्यवस्थापन केन्द्रले निर्णय गरेको छ ।

आज बसेको केन्द्रको बैठकले आरडीटी परीक्षणमा पोजेटिभ देखिए स्वाब संकलन गरि तुरुन्त पीसीआर विधि मार्फत कोरोन परीक्षण गर्ने र नेगेटिभ आएपनि १४ दिन अनिवार्य क्वारेन्टाइनमा बस्नैपर्ने निर्णय गरेको छ । १४ दिन क्वारेन्टाइनमा बसेका प्रत्येकको पुन आरडीटी परीक्षण गर्ने र रिपोर्ट नेगेटिभ आएमात्रै घर पठाइनेछ ।

त्यसैगरी भारत तथा अन्य मुलुकबाट जिल्ला भित्रनेको संख्यालाई मध्यनजर गर्दै जिल्लमा रहेको क्षेत्रीय क्वारेन्टाइनको क्षमता विस्तार गरिने भएको छ । त्यसका लागि क्षेत्रीय क्वारेन्टाइन व्यवस्थापन समिति तथा स्थानीय तहलाई क्षमता विस्तार गर्न अनुरोध गर्ने केन्द्रले निर्णय गरेको छ ।

त्यसैगरी जिल्लामा विदेशबाट आउनेको संख्या बढ्दै गएको र नमुना संकलनका लागि भीटीएम अभाव भएकाले त्यसको व्यवस्थापन गर्न स्वास्थ्य कार्यालयमार्फत वाग्मती प्रदेश सामाजिक विकास मन्त्रालय र स्वास्थ्य सेवा विभागमा १५ सय भीटीएम माग गर्ने निर्णय गरिएको छ ।

भारतबाट नेपाली आउने क्रम जारी भएको र अन्य मुलुकमा अलपत्र परेकाको उद्धार गर्ने सरकारको निर्णय बमोजिम जिल्लामा व्यवस्थापनको तयारी तीव्र पारिएको छ ।


क्याटेगोरी : समाचार, समाज
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!