Techie IT
Wednesday, December 2,2020 / बुधबार, मंसीर १७, २०७७
×
गृहपृष्ठसमाचारउद्योग वाणिज्य संघ सिन्धुपाल्चोकले दियो सुरक्षाकर्मीलाई स्वास्थ्य सामग्री

उद्योग वाणिज्य संघ सिन्धुपाल्चोकले दियो सुरक्षाकर्मीलाई स्वास्थ्य सामग्री


चौतारा । उद्योग वाणिज्य संघ सिन्धुपाल्चोकले विभिन्न सुरक्षा निकायलाई स्वास्थ्य सामग्री वितरण गरेको छ । संघले आज इन्द्रावती, पाँचपोखरी, हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकामा रहेका सुरक्षा निकायहरुलाई स्वास्थ्य सामग्री वितरण गरेको छ ।

संघले १५ सय वटा माक्स, ३६ बट्टा स्यासिनटाइजर, पीपीई १६ सेट, पन्जा २० बट्टा र एन नाइन्टि फाइभ माक्स २७ थान वितरण गरेको संघका अध्यक्ष वेद बहादुर श्रेष्ठले जानकारी दिए । मेलम्चीमा रहेको नेपाली सेना, इलाका प्रहरी कार्यालय मेलम्ची, मेलम्चीमा रहेका शसस्त्र प्रहरीलाई उक्त स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।

इन्द्रावती, पाँचपोखरी र हेलम्बुमा रहेका प्रहरीका लागि इलाका प्रहरी कार्यालयका प्रहरी प्रमुखलाई नै सो सामग्री हस्तान्तरण गरिएको छ । स्वास्थ्य सामग्री लिएर संघका अध्यक्ष श्रेष्ठसहितको टोली आज मेलम्ची पुगेको छ ।

टोलीमा उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कमल कुमार श्रेष्ठ, संघका वरिष्ठ उपाध्यक्ष होम बहादुर बस्नेत(राजकुमार), उपाध्यक्ष जगन्नाथ चालिसे, महासचिव यादव दाहाल, सदस्यद्धय पुष्कर धिताल र गोविन्द श्रेत्री र सल्लाहकार भुपेन्द्र थापा रहेका छन् ।

यसअघि संघले जिल्ला विपद व्यवस्थापन समितिलाई ठूलो परिणाममा स्वास्थ्य सामग्री हस्तान्तरण गरेको थियो । सुरक्षाकर्मीहरु कोरोना संक्रमण नियन्त्रणका क्रममा लकडाउन पालना गर्न र शान्ति सुरक्षा व्यवस्थित गर्न अग्रमोर्चामा रहेर काम गर्ने हुँदा उनीहरुको मनोबल बढाउन स्वास्थ्य सामग्री सहयोग गरेको अध्यक्ष श्रेष्ठले बताए ।


क्याटेगोरी : समाचार, समाज
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस