गृहपृष्ठ ∕ समाचार ∕ छोरी बलात्कार आरोपमा बुबा पक्राउ छोरी बलात्कार आरोपमा बुबा पक्राउ सिन्धु खबर जेठ १४, २०७७ गते १३:२७ मा प्रकाशित चौतारा । १८ वर्षीय आफ्नै छोरीलाई बलात्कार गर्ने बुबा पक्राउ परेका छन् । छोरीलाइ पटक-पटक बलात्कार गरेको आरोपमा मेलम्ची -११ का ४३ वर्षीय पुरुष पक्राउ परेका हुन् । यही जेठ ११ गते किशोरीलाई घरभित्र नै लडाइ भित्रि वस्त्र खोली जबरजस्ती गर्न खोजेको भन्दै पीडितकी आमाले इलाका प्रहरी कार्यालय मेलम्चीलाई मौखिक उजुरी दिएकी थिइन् । सोही क्रममा प्रहरीले अनुसन्धान गर्दा पीडित किशोरीले समेत बाबुले ४ वर्ष अघिदेखि नै जबरजस्ती गरेको स्विकारेकी थिइन् । पीडित किशोरीकी आमाले दिएको जाहेरीको आधारमा इलाका प्रहरी कार्यालय मेलम्चीबाट खटिएको टोलीले आज बाबुलाई निजको घरबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए । उनको थप अनुसन्धान भइरहेको र जबरजस्ती करणी उद्योगमा मुद्धा चलाइने काफ्लेले बताए । क्याटेगोरी : समाचार, समाज ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार राष्ट्रपतिले उद्घाटन गरेको जलवायु सम्मेलनको हिसावकिताब माग गर्दै अख्तियारमा उजुरी जिल्ला युवा समितिकाे अध्यक्षमा कुमार नियुक्त ७ चैतमा पत्रकार महासंघकाे निर्वाचन, सिन्धुपाल्चोकबाट ९४ ले मतदान गर्ने दसकअघिदेखिको चौतारा घेर्ने रिङरोड निर्माण अझै अपुरो धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २क्रसरका संञ्चालकले मार्ने योजना बनाएको भन्दै वडाध्यक्षले सुरक्षाकर्मी गुहारे ३मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ४सामुहिक बलात्कारमा संलग्न जुगलका कैलाश पक्राउ ५काँग्रेस क्षेत्रीय सचिव वासुमाथि सांघातिक आक्रमण ६चाेरीका माेटरसाईकल नियन्त्रणमा सिन्धु प्रहरीकाे सक्रियता ७यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ८उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे