गृहपृष्ठ ∕ समाचार ∕ गोली झिके पछि गर्भिणी घोरल खतरामुक्त गोली झिके पछि गर्भिणी घोरल खतरामुक्त सिन्धु खबर जेठ १४, २०७७ गते ९:०४ मा प्रकाशित चौतारा । लाङटाङ राष्ट्रिय निकुञ्जको हेलम्बुस्थित तिम्बुको जंगलमा गोली लागि घाइते भएकी गर्भिणी घोरलको गोली झिकिएको छ । घोरललाई काठमाडौंमा रहेको चिडियाखानामा लगि गोली निकालिएको छ । अहिले घोरल खतरामुक्त रहेको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले जानकारी दिए । घोरलको स्वास्थयस्थित सुधारोन्मुख रहेको उपचारमा संलग्न चिकित्सकले बताएको अध्यक्ष शेर्पाले बताए । घोरललाई सोमबार गाउँपालिका र लाङटाङ राष्ट्रिय निकुञ्जको समन्वयमा काठमाडौं लगिएको थियो । गत शनिबार गोली लागेर घाइते भएकी घोरलको नेपाली सेनाले उद्धार गरेको थियो । घोरलको टाउको र दाँया खुट्टाको पातोमा गोली लागेको छ । घोरलको अम्बाथान नजिकै जंगलबाट उद्धार गरिएको थियो । हेलम्बु हिमाली र मध्यपहाडी क्षेत्रमा पर्ने राष्ट्रिय निकुञ्जको क्षेत्र हो । बुद्धधर्मका अनुयायीको बसोबास रहेको हेलम्बु क्षेत्रमा काटमार र शिकार गर्न धार्मिक रुपमा पनि बन्देज छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण सम्बन्धी कानुनले पनि निकुञ्ज क्षेत्रमा शिकार गर्न पाइँदैन । यसको मासु खानका लागि चोरी शिकारी हुने गरेको छ । यो लोपोन्मुख जाती भने होइन । गोली प्रहार गर्नेको खोजी भइरहेको निकुञ्जले जनाएको छ । क्याटेगोरी : समाचार, समाज ट्याग : #banner तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चार हप्तापछि मेलम्ची सुरुङमा पानी हाल्न सकिने चुनाव तयारीमा हाेमियाे निर्वाचन कार्यालय इन्द्रावतीका कार्यालय सहयोगीले गरे आत्महत्या सामुहिक बलात्कारमा संलग्न जुगलका कैलाश पक्राउ धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ३यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ४चाेरीका माेटरसाईकल नियन्त्रणमा सिन्धु प्रहरीकाे सक्रियता ५उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे ६चाइनीज नागरिक कुट्ने बुद्धि पक्राउ ७महिनाकै सर्वोत्कृष्ट प्रदेश प्रहरीमा बाह्रबिसेका इन्स्पेक्टर शाह ८नेकपा फुटको असर सिन्धुका पत्रकारमा पनि, को कता ?