शुक्रबार, कात्तिक ५, २०७८
गृहपृष्ठसमाचारअब उपचारमा आएका बिरामीमा कोरोना संक्रमण देखिए पनि अस्पताल ‘सिल’ नगरिने

अब उपचारमा आएका बिरामीमा कोरोना संक्रमण देखिए पनि अस्पताल ‘सिल’ नगरिने


चौतारा । अब जिल्लाका अस्पतालमा उपचार गराउन आएका बिरामीमा कोरोना संक्रमण देखिए अस्पताल नै सिल नगरिने भएको छ । यसअघि उपचार गर्न आएका बिरामीमा कोरोना संक्रमण देखिए अस्पताल नै सिल गर्ने गरिएको थियो ।

अब भने उपचाररत बिरामीलाई कोरोना संक्रमण देखिए आइसोलेसनमा राखी उपचार गरिने तर अस्पताल सिल नगरिने भएको हो । आज बसेको जिल्ला कोभिड-१९ विपद व्यवस्थापन केन्द्रको बैठकले उपचारमा संलग्न चिकित्सक र सम्पर्कमा आएका व्यक्तिलाई आवश्यकता अनुसार क्वारेन्टाइन वा आइसोलेसनमा राखी उपचार नियमित रुपमा सञ्चालन गर्ने निर्णय गरेको छ ।

यसअघि कोरोना देख्नासाथ अस्पताल नै सिल गर्दा अन्य बिरामीलाई समस्या भएको थियो । देशका विभिन्न भागमा उपचार नै नपाएर कतिले ज्यान समेत गुमाउन पुगेका थिए । केही समय अघि जिल्लामा बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्र सिल गरिएको थियो । बाह्रबिसे-९ की एक महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको र ती महिलाको धुलिखेल लग्नुअघि त्यहाँ उपचार गरिएको भन्दै सो केन्द्र सिल गरिएको थियो ।

यसैगरी सिन्धुपाल्चोक उद्योग वाणिज्य संघलाई जिल्लाका हेलम्बु, पाँचपोखरी, मेलम्ची र इन्द्रावतीमा रहेका सुरक्षा निकायहरुमा स्वास्थ्य सामग्री वितरण गर्न पनि केन्द्रले अनुमति दिएको छ । संघले स्वास्थ्य सामग्री वितरण गर्नका लागि जिल्लासँग अनुमति मागेको थियो ।


क्याटेगोरी : समाचार, समाज
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!