भरुवा बन्दुक खेलाउँदा पड्केर जुगलमा एक बालकको मृत्यु

चौतारा । भरुवा बन्दुक खेलाउँदा पड्केर एक बालकको मृत्यु भएको छ । जुगल गाउँपालिका-२ किप्चे बस्ने छबिलाल स्याङ्बोको छोरा वर्ष ८ को आयुष स्याङ्बोको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए ।
काफ्लेका अनुसार छिमेकी सुरेश स्याङ्बोको छोरा वर्ष १२ को बालकले आफ्नै घरमा लोड गरी राखेको भरुवा बन्दुक झिकी घरको पिढिमा लगी आयुषसँग मिलि खेल्ने क्रममा अचानक भरुवा बन्दुक पड्कीएको थियो ।
बन्दुक पड्किएर आयुष स्याङ्बोको पेटमा लागि घट्नास्थलमा नै मृत्यु भएको हो । मृतकको शव र र भरुवा वन्दुक घट्नास्थलमा नै रहेको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : समाचार, समाज
ट्याग : #breaking
तपाईको प्रतिक्रिया दिनुहोस