Techie IT
Tuesday, October 20,2020 / मंगलबार, कात्तिक ४, २०७७
×
गृहपृष्ठसमाचारचोरीको स्कुटीसहित दुई पक्राउ

चोरीको स्कुटीसहित दुई पक्राउ


चौतारा । काठमाडौंबाट हराएको स्कुटी मेलम्चीमा भेटिएको छ । काठमाडौं महानगरपालिका-५ गौचरणबाट हराएको स्कुटी आज प्रहरीले चेकजाँच गर्ने क्रममा मेलम्चीमा भेटिएको हो ।

प्रदेश ३-०२-००१प १९२७ नं को स्कुटीलाई आज मेलम्चीमा प्रहरीले रोकी जाँच गर्दा उक्त स्कुटी चोरीको भएको थाहा भएको डीएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए । चोरीको भनि शंका लागेर ट्राफिक महाशाखा रामशाहपथमा बुझ्दा उक्त स्कुटी मिति २०७६ माघ १६ मा काठमाण्डौं गौचरणमा रहेको ग्यास र पानी सप्लायर्स पसल अगाडीबाट हराएको डीएसपी काफ्लेले बताए ।

स्कुटी काठमाडौं ३० बस्ने प्रभात थापाको भएको बुझिएको छ । स्कुटी चलाएर हिड्ने मेलम्चीका बर्ष २३ का अच्युत श्रेष्ठ र विकास तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ । निजहरुलाई महानगरीय प्रहरी वृत मालीगाउँ काठमाडौंमा आवश्यक कारवाहीको लागि पठाउने तयारी गरिएको पनि डीएसपी काफ्लेले बताए ।


क्याटेगोरी : समाचार, समाज
ट्याग : #banner


तपाईको प्रतिक्रिया दिनुहोस