Techie IT
Saturday, December 5,2020 / शनिबार, मंसीर २०, २०७७
×
गृहपृष्ठसमाचारसुनकोशी गाउँपालिकाका आठै जनाको रिपोर्ट नेगेटिभ

सुनकोशी गाउँपालिकाका आठै जनाको रिपोर्ट नेगेटिभ


चौतारा । बाह्रबिसे नगरपालिका-९ राम्चेकी सुत्केरी महिलाको निधनपछि उनका परिवार तथा नजिकका व्यक्तिहरुको स्वाब संकलन गरी गरिएको परीक्षणमा ८ जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ ।

सुनकोशी गाउँपालिकाका-४ यमुनाडाँडाका ६ जना र साविकको ठोकर्पाका दुई जनाको रिपोर्ट नेगेटिभ आएको जनस्वास्थ्य अधिकृत दुर्गादत चाँपागाईले जानकारी दिए ।

सुनकोशीका सुत्केरी लिएर गएका चालकको श्रीमतीको माइती हुन् भन् ठोकर्पाका सुत्केरी भेट्न गएका व्यक्तिहरु थिए । चालककी श्रीमती सुत्केरी बोकेको गाडीमा चढेर माइत गएकी थिइन् ।

यसअघि राम्चे र बाह्रबिसेमा कन्ट्याक्ट ट्रेसिङ गरी स्वाब संकलन गरिएकाको पीसीआर परीक्षणमा १ सय ८७ जनाको रिपोर्ट नेगेटिभ आएको थियो । उनीहरुको जेठ ४ र ५ गते स्वाब संकलन गरी परीक्षणका लागि काठमाडौं पठाइएको थियो ।

यसैबीच केही दिनअघि सुनकोशी-६ बाट कोरोना आशंका गरी उपचार गर्न काठमाडौं लगिएका एक युवामा कोरोना नभएको पुष्टि भएको छ । काठमाडौंको पाटन हस्पिटलमा उपचार गरिरहेका उनको स्वाब संकलन गरी कोरोना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको हो । उनलाई ज्वरो र छाति दुख्ने समस्या भएपछि उपचारका लागि काठमाडौं लगिएको थियो ।


क्याटेगोरी : समाचार, समाज
ट्याग : #banner, #corona


तपाईको प्रतिक्रिया दिनुहोस