Techie IT
Tuesday, July 7,2020 / मंगलबार, असार २३, २०७७
×
गृहपृष्ठभिडियो‘सेल्फ–क्वारेन्टाइनलाई प्राथमिकता दिएका छौं’

‘सेल्फ–क्वारेन्टाइनलाई प्राथमिकता दिएका छौं’


चरिबहादुर तामाङ (वडाअध्यक्ष)
बलेफि गाउँपालिका–८, सिन्धुपाल्चोक
पहिलो जनचेतनामा ध्यान दियौं । मुख्यतःविश्वस्वास्थ्य संगठनको मापदण्ड अनुसार सवै काम अघि बढायौं । बाहिरबाट तीन जना आउनुभएको थियो । भारत, फ्रान्स र साउदीबाट आाउनुभएको थियो । उहाँहरुलाईआरडिटी परीक्षण गर्‍यौं । गाउँमा बिरामी भएकालाई होम क्वारेन्टाइनमा राख्यौं । बाहिरबाट आउनुभएका मजदूरलाई पनि राहात वितरण गरेको छौं ।

भारत र उपत्यका बाहिरबाट आएका मजदूरको पनि हामीले रेकर्ड राखेर क्वारेन्टाइनमा बस्न प्रोत्साहन गरेका छौं । काठमाडौंमा रहेकालाई उतै राहत दिने व्यवस्था गरेका छौं । संकटको घडीमा सवै मिलेर बाँच्ने र बचाउने काममा लाग्नुपर्छ । यसकालागि राज्यले बनाएका कार्यविधिलाई टेकेर हिँड्नुपर्छ ।

यो वडामा बिहान, बेलुका र दिउँसो नै समुदायमा हुने गरेका गतिविधिको रिपोर्ट लिइरहेका छौं । दिर्घरोगीको पनि पहिचान गरेर औषधि व्यवस्था गरेका छौं । वडामा २० जना बस्न सक्ने क्वारेन्टाइन व्यवस्था गरेका छौं । सेल्फक्वारेन्टानमा बस्न पनि आग्रह गर्छु ।

 




क्याटेगोरी : भिडियो, समाचार
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस