इन्द्रावतीमा एक जनामा आरडीटी पोजेटिभ, मानिसको आवतजावतमा समेत बन्देज

चौतारा । इन्द्रावतीमा एकजनामा आरडीटी पोजेटिभ देखिएको छ । इन्द्रावती गाउँपालिका ४ मा कोरोना संक्रमण आशंकामा गरिएको आरडीटी परीक्षणमा एकजनाको रिपोर्ट पोजेटिभ आएको हो ।
आरडीटी पोजेटिभ देखिएका व्यक्तिलाई मेलम्चीमा रहेको आइसोलेसन वार्डमा पठाई पीसीआर परीक्षणको व्यवस्था मिलाउने आज गाउँपालिकामा बसेको कोरोना भाइरस नियन्त्रण तथा व्यवस्थापन समितिको बैठकले निर्णय गरेको छ ।
साथै आइतबार अपरान्ह ४ बजेबाट एक हप्ताको लागि वडा नम्बर ४ तथा साविक नवलपुर गाविसभित्र रहेका सम्पुर्ण बैक, वितिय संस्था, उद्योग धन्दा, व्यापार व्यवसाय एवं अत्यावश्यक सेवाका साथै मानिसको आवतजावतमा समेत बन्देज लगाइने सो समितिले निर्णय गरेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #corona
तपाईको प्रतिक्रिया दिनुहोस