स्ववियु सभापति दुलालाले गरे बाबुरामलाई गाली गलौज !

सिन्धुपाल्चोक । इन्द्रावती बहुमुखी क्याम्पस मेलम्चीका स्ववियु सभापति हुन् मेलम्चीका बालकृष्ण दुलाल । सयौं विद्यार्थीका नेता उनले पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी नेपालका नेता डा बाबुराम भट्टराईविरुद्ध आपत्तिजनक भाषा प्रयोग गर्दै गाली गरेका छन् । विद्यार्थीका नेताले प्रयोग गर्ने भाषाशैली र प्रस्तुतिले आम विद्यार्थीले कस्तो संस्कार सिक्लान् र अनेरास्ववियुले कस्तो विद्यार्थी नेता जन्माए भन्नेमा प्रश्न खडा भएको छ ।
भट्टराईले गरेको ट्वीटलाई दुलाल्तले ल्लोस्तरको भाषाशैलीका साथ पूर्वप्रधानमन्त्री डा भट्टराईलाई श्रद्धाञ्जली दिएका छन् । उनलेआफ्नो सामाजिक सञ्जाल फेसबुकमा भट्टराईको आलोचना गर्दै श्रद्धाञ्जली दिएका हुन् । ‘धेरै पढे विद्धान हुन्छ, विद्धान बिग्रे बाबुराम हुन्छ भन्थे पुष्टि हुँदैछ। यी गद्दार दलाल राष्ट्रघातीलाई हार्दिक श्रद्धाञ्जली ! ’ उनले फेसबुकमा लेखेका छन् ।
बाबुरामलाई यसरी आपत्तिजनक टिप्पणी गरेपछि धेरैले दुलालको आलोचना गर्दै प्रतिक्रिया दिएका छन् । भट्टराईले शनिबार बिहान कोरोनाविरुद्धको लडाइमा सरकारले प्रभावकारी ढंगले काम गर्न नसकेको आशयसहित टिप्पणी गरेका थिए । उनले नेकपाभित्र ओली समूहमा विवेकहीन मान्छे भएको भन्दै लाखौ श्रमिकले दुःख पाएर स्वदेश फर्किदा कोरोनाको परीक्षण समेत हुन नसकेको बताएका थिए ।
दुलाल माथि पटक पटक तल्लो स्तरको भाषा प्रयोग गर्दै सामाजिक संजालमा अनेकन अफवाह फैलाउने गरेको आरोपसमेत छ ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #banner
तपाईको प्रतिक्रिया दिनुहोस