शनिबार, असोज ६, २०८०
गृहपृष्ठसमाचारआगलागीमा परेर तौथलीमा वृद्ध दम्पती गम्भीर घाइते

आगलागीमा परेर तौथलीमा वृद्ध दम्पती गम्भीर घाइते


चौतारा । त्रिपुरासुन्दरी गाउँपालिका ५ मा गएराति एक्कासि आगलागी हुँदा वृद्ध दम्पती गम्भीर घाइते भएका छन् । वडा नम्बर ५ तौथलीको एक घरमा लागेको आगोबाट स्थानीय कर्ण बहादुर कुल्सुले र उनकी श्रीमती हिरामाया कुल्सुले गम्भीर घाइते भएको प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए ।

घाइते दम्पतीको शरिरका विभिन्न ठाउँका छाला डढेका छन् । उनीहरुलाई राति गाउँले आएर उद्धार गरेका थिए । घरमा आगो नमारी माथिबाट दाउरा सेकाउन राखेको र त्यही दाउरा सल्किएर घरमा आगलागी भएको काफ्लेले बताए ।

उनीहरुको प्राथमिक स्वास्थ्य केन्द्र बाह्रबिसेमा सामान्य उपचार गरी थप उपचारका लागि काठमाडौं लगिएको छ । राति १२ बजे लागेको आगो साढे १ बजेतिरमात्रै नियन्त्रणमा आएको स्थानीय दिलीप श्रेष्ठले जानकारी दिए ।

आगलागीमा घर पुरै जलेको र दुईलाख बढीको क्षति भएको प्रहरीले जनाएको छ । छोराछोरी सबै काठमाडौं नै बस्ने हुनाले वृद्ध दम्पती मात्रै त्यहाँ बस्दै आएका थिए ।


क्याटेगोरी : समाचार, समाज
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!