एम्बुलेन्स चलाउन सिक्दा डाक्टरले गरे दुर्घटना

मेलम्ची । मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत डाक्टरले चलाएको एम्बुलेन्सले मोटरसाइकललाई ठक्कर दिँदा एक जना गम्भीर घाइते भएका छन् ।
डाक्टर विनोद केसीले केन्द्र परिसरमा बा २ झ ७८६ नम्बरको एम्बुलेन्स चलाउन सिक्दा बा ८४ प ३९४५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएका थिए । ठक्करबाट मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् ।
उनलाई थप उपचारका लागि धुलिखेल अस्पतल लगिदैं गरेको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक को थिए खुल्न बाँकी छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking
तपाईको प्रतिक्रिया दिनुहोस