बुधबार, असोज १७, २०८०
गृहपृष्ठसमाचारहेलम्बुमा १५ बेडको अस्पताल बन्ने

हेलम्बुमा १५ बेडको अस्पताल बन्ने


हेलम्बु । हेलम्बु गाउँपालिकामा १५ बेडको अस्पताल बन्ने भएको छ । १५ बेडको हस्पिटल बनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्विकृति दिइसकेको गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिए ।

स्वास्थ्य मन्त्रालयको सम्पुर्ण खर्चमा सो हस्पिटल बन्नेछ । सरकारले अघि सारेको एक गाउँपालिका एक अस्पताल नीति अनुसार हेलम्बुमा अस्पताल बन्न लागेको हो ।

गाउँपालिकामा नै अस्पताल बनेपछि सामान्य रोगका लागि जचाँउन मानिसहरु काठमाडौंसम्म पुग्न नपर्ने अध्यक्ष शेर्पाले बताए । स्थानीतय स्तरमा नै अस्पताल बन्ने भएपछि अब यहाँका मानिसले सुख पनि पाउनेछन भने उनीहरुको खर्च पनि जोगिनेछ ।


क्याटेगोरी : समाचार, समाज
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!