गृहपृष्ठ ∕ समाचार ∕ पूर्वमन्त्री बस्नेतले सिन्धुपाल्चोकमा कार्यरत सबै स्वास्थ्यकर्मीको बिमा गरिदिने पूर्वमन्त्री बस्नेतले सिन्धुपाल्चोकमा कार्यरत सबै स्वास्थ्यकर्मीको बिमा गरिदिने सिन्धु खबर जेठ ९, २०७७ गते १७:१३ मा प्रकाशित चौतारा । पूर्वमन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य मोहन बहादुर बस्नेतले सिन्धुपाल्चोकमा कार्यरत सम्पुर्ण स्वास्थ्यकर्मीहरुको म्यादी जीवन बिमा गर्ने घोषणा गरेका छन् । कोरोना संक्रमणका कारण नेपालमै पहिलो व्यक्तिको मृत्यु सिन्धुपाल्चोकमै भएका कारण यहाँ कार्यरत स्वास्थ्यकर्मीहरु पनि असुरक्षित रहेकाले स्वास्थ्यकर्मीहरुको बिमा गरिदिने घोषणा पूर्वमन्त्रीले गरेको काँग्रेसका स्थानीय नेता युधिर पौडेलले जानकारी दिए । बस्नेतले जिल्लाभर रहेका सरकारी हस्पिटल, प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी, उपस्वास्थ्य चौकीमा कार्यरत डाक्टर देखि कार्यालय सहयोगीसम्म सम्पुर्ण तहका स्वास्थ्यकर्मीलाई कोरोना बिमा(सामुहिक म्यादी जीवन बिमा) गरिदिने भएका हन् । उनले केहीदिन अघि कोरोनाका कारण मृत्यु भएकी सुत्केरीको नाबालक बच्चाको शिक्षा र लालनपालनको जिम्मा लिएका थिए । क्याटेगोरी : समाचार, समाज ट्याग : #banner तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अँधेरीमा प्रहरीकाे बलजफ्ती पछि झडप, अवरुद्घ सडक खुल्याे बसले ठक्कर दिएर मृत्युु भएपछि अँधेरीमा सडक अवरुद्घ सुकुटेमा बसले मोटरसाइकललाई हान्यो, एकको मृत्यु पत्रकार ध्रुव दंगाल सम्मानित धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २क्रसरका संञ्चालकले मार्ने योजना बनाएको भन्दै वडाध्यक्षले सुरक्षाकर्मी गुहारे ३मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ४सामुहिक बलात्कारमा संलग्न जुगलका कैलाश पक्राउ ५स्वास्थ्य केन्द्रका राई तीन महिनादेखि बेपत्ता ६काँग्रेस क्षेत्रीय सचिव वासुमाथि सांघातिक आक्रमण ७सुकुटेमा बसले मोटरसाइकललाई हान्यो, एकको मृत्यु ८लिस्तीकोट दुगुनागढी माउण्टेन ट्रेल रेसमा सोलुखुम्बूका सुमन प्रथम