गृहपृष्ठ ∕ समाचार ∕ बाह्रबिसे-९ र बलेफि ७ र ८ नम्बर वडामा गरिएको सिल फुकुवा बाह्रबिसे-९ र बलेफि ७ र ८ नम्बर वडामा गरिएको सिल फुकुवा सिन्धु खबर जेठ ९, २०७७ गते १६:०८ मा प्रकाशित चौतारा । सुत्केरी महिलाको निधनपछि कोरोना संक्रमणको त्रास नहोस र मानिसको आवतजावत नहोस् भनेर बाह्रबिसे नगरपालिका र बलेफिमा लगाइएको सिल फुकुवा गरिएको छ । बाह्रसिसे नगरपालिका -९ राम्चे घर भएकी २९ वर्षीय महिलाको घर भएको ठाउँ वडा नम्बर ९ र बलेफि माइती भएका कारण बलेफिको वडा नम्बर ७ र ८ सिल गरिएको थियो । सिल गरेको ठाउँ आजबाट फुकुवा गर्ने जिल्ला कोभिड-१९ विपद व्यवस्थापन समितिले निर्णय गरेको छ । महिलाको सम्पर्कमा रहेका परिवार, स्थानीय र स्वास्थ्यकर्मीहरुको स्वाब संकलन गरि गरिएको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि सिल फुकुवा गरिएको हो । अब ती ठाउँ अन्य ठाउँ जस्तै रहनेछन् । तर लकडाउन भने जारी नै छ । यसैगरी जिल्लामा सक्रिय पत्रकारहरुको कोरोना परीक्षण गरिने भएको छ । जिल्लामा क्रियाशिल पत्रकारहरुको यही आउँदो १२ गते आरडीटी प्रविधि मार्फत कोरोना परीक्षण गर्ने आजको बैठकले निर्णय गरेको हो । पत्रकार महासंघ समन्वयका यो निर्णय गरिएको बताइएको छ । क्याटेगोरी : समाचार, समाज ट्याग : #breaking, #corona तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सहर बन्दै सिन्धुपाल्चोकका गाउँ, जिल्लाभर २९ एकीकृत नमुना बस्ती मेलम्चीकी थापा सेनामा प्रतिविद्राेह तथा जंगल युद्धकलाकाे तालिम गर्ने पहिलाे… चाैतारा, लामाेसाँघु, बाह्रबिसे क्षेत्रमा भाेलि ८ घण्टा बत्ती जाने युएईमा थुम्पाखरका सुदिपकाे मृत्यु धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ३यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ४उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे ५चाइनीज नागरिक कुट्ने बुद्धि पक्राउ ६महिनाकै सर्वोत्कृष्ट प्रदेश प्रहरीमा बाह्रबिसेका इन्स्पेक्टर शाह ७फेरि बन्द हुने भयाे ताताेपानी नाका ८दुवै पक्षका नेकपा सिन्धुकाे पदबाट हटाउने-राख्ने हाेड,केपी पक्षकाे संयाेजकमा देउजा