गृहपृष्ठ ∕ समाचार ∕ बाह्रबिसेका १ सय ८७ को कोरोना नेगेटिभ, सुनकोसीका आठ जनाको रिपोर्ट आउन बाँकी बाह्रबिसेका १ सय ८७ को कोरोना नेगेटिभ, सुनकोसीका आठ जनाको रिपोर्ट आउन बाँकी सिन्धु खबर जेठ ९, २०७७ गते १५:१८ मा प्रकाशित चौतारा । बाह्रबिसे नगरपालिका ९ राम्चेकी सुत्केरी महिलाको निधनपछि उनका परिवार तथा नजिकका व्यक्तिहरु १ सय ८७ जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । जनस्वास्थ्य अधिकृत दुर्गादत चाँपागाईका अनुसार कन्ट्याक्ट ट्रेसिङ गरी स्वाब संकलन गरिएकाको पीसीआर परीक्षणमा १ सय ८७ जनाको रिपोर्ट नेगेटिभ आएको हो । बाँकी आठ जनाको रिपोर्ट भने आउन बाँकी छ । राम्चे, बाह्रबिसे बजार र प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मी तथा केही सुरक्षाकर्मीको पीसीआर रिपोर्ट आएपनि सुनकोशी ४ यमुनाडाँडाका ६ जना र साविकको ठोकर्पाका दुई जनाको रिपोर्ट भने आउन बाँकी रहेको प्रमुख चाँपागाईले जानकारी दिए । राम्चेमा दुई दिन लगाएर चौतारा अस्पतालका स्वास्थ्यकर्मीको नेतृत्वमा स्वाब संकलन गरिएको थियो । उनीहरुको जेठ ४ र ५ गते स्वाब संकलन गरी परीक्षणका लागि काठमाडौं पठाइएको थियो । ५३ जनाको पीसीआर रिपोर्ट जेठ ६ गते नै आएको भएतापनि बाँकीको रिपोर्ट आज आएको हो । जिल्लामा हालसम्म २ सय ८० जनाको पीसीआर प्रविधिबाट र ७ सय २ को आरडीटी प्रविधिबाट कोरोना परीक्षण गरिएको छ । यसैगरी निधन भएकी महिलाको नाबालक शिशु र परिवारका अन्य सदस्यहरु आज हस्पिटलबाट डिस्चार्ज भएका छन् । धुलिखेल अस्पतालको आइसोलेसनमा रहेका उनीहरुको स्वाब संकलन गरि कोरोना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई आज डिस्चार्ज गरिएको होे । डिस्चार्जपछि एकहप्तासम्म सम्बन्धित जिल्लाको क्वारेन्टाइनमा राख्नु भन्ने अस्पतालको सुझाव बमोजिम उनीहरुलाई सुनकोसी गाउँपालिकामा रहेको क्षेत्रीय क्वारेन्टाइन्मा राखिने जनस्वास्थ्य प्रमुख चाँपागाईले जानकारी दिए । एक हप्तापछि स्वाब संकलन गरि पीसीआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएमा उनीहरुलाई घर पठाइनेछ । क्याटेगोरी : समाचार, समाज ट्याग : #breaking, #corona तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार यसरी मनाए माझी समुदायले कोशी पूजा (भिडियो र तस्विरसहित) भोटेकोसीमा सिमल बिसौना गोरेटो तथा प्रतिक्षालयको उद्घाटन सिन्धुपाल्चोककी अन्जुको जीपको ठक्करबाट मृत्यु राष्ट्रपतिले उद्घाटन गरेको जलवायु सम्मेलनको हिसावकिताब माग गर्दै अख्तियारमा उजुरी धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २क्रसरका संञ्चालकले मार्ने योजना बनाएको भन्दै वडाध्यक्षले सुरक्षाकर्मी गुहारे ३मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ४सामुहिक बलात्कारमा संलग्न जुगलका कैलाश पक्राउ ५काँग्रेस क्षेत्रीय सचिव वासुमाथि सांघातिक आक्रमण ६चाेरीका माेटरसाईकल नियन्त्रणमा सिन्धु प्रहरीकाे सक्रियता ७यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ८उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे