गृहपृष्ठ ∕ समाचार ∕ सिन्धुपाल्चोकमा कार्यरत स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीलाई अभद्र व्यवहार गर्नेलाई कारवाही गरिने सिन्धुपाल्चोकमा कार्यरत स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीलाई अभद्र व्यवहार गर्नेलाई कारवाही गरिने सिन्धु खबर जेठ ८, २०७७ गते १५:५९ मा प्रकाशित चौतारा । स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीलाई अभद्र व्यवहार गर्नेलाई कारवाही गरिने भएको छ । आफ्नो ड्युटी सकेर घर गएका स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीलाई सुरक्षा सतर्कताको नाममा बाटो छेक्ने, घरबाट निकाल्न खोज्ने, गैरकानूनी चेकजाँच गर्ने, कानून विपरितको काम गर्ने, हतोत्साहित बनाउन खोज्नेलगायतका काम गरेको गुनासा आएपछि त्यस्ता व्यक्तिहरुलाई कारवाही गर्ने निर्णय भएको हो । आज बसेको जिल्ला सुरक्षा समितिको बैठकले स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको मनोबल गिराउन खोज्नेलाई कारवाही गर्ने निर्णय गरेको हो । कोरोना संक्रमण बढेसँगै स्वास्थ्यकर्मी र सुरक्षाकर्मीमाथि अमानविय व्यववहार भएको व्यापक गुनासा आएको थिए । त्यसैगरी अनावश्यक रुपमा एम्बुलेन्सको दुरुपयोग गरी मानिस ओसारपसार भएकोलाई नियन्त्रण गर्न यात्राको सुरुदेखि गन्तव्यसम्म एम्बुलेन्सलाई निगरानीमा राखेर चेकजाँज गरिने भएको छ । त्यस्तै नेपाल भारत सीमामा नेपाल प्रहरी र शसस्त्र प्रहरीको जनशक्ति आवश्यक देखिएकाले नेपाल प्रहरी र शसस्त्र प्रहरीले सुरक्षाको जिम्मेवारी लिएका महत्वपुर्ण स्थानर प्रतिष्ठानमा नेपाली सेनाले सुरक्षा दिने प्रबन्ध मिलाउन कारवाही अगाडि बढाइने सुरक्षा समितिले निर्णय गरेको छ । साथै जुगल गाउँपालिका स्थित रत्नराज्य मावि चनौटेमा रहेको क्वारेन्टाइनमा सुरक्षाकालागि सुरक्षाकर्मी माग भएको हुँदा एक नेपाल प्रहरी र दुई शसस्त्र प्रहरी पठाइने भएको छ । क्याटेगोरी : समाचार, समाज ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल पत्रकार महासंघ केन्द्रको साधारणसभा फागुनकाे ४ र ५ मा पत्रकार महासंघ केन्द्रीय समितिकाे बैठक हेलम्बुकाे शेर्माथानमा मेलम्ची अस्पतालकाे एम्बुलेन्स घुमफिर र रमाईलाेका लागि प्रयाेग प्राधिकरणको अर्काे सूचना: चौतारा, बाह्रविसे र खाडीचौर क्षेत्रमा बत्ती नजाने धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ३उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे ४चाइनीज नागरिक कुट्ने बुद्धि पक्राउ ५फेरि बन्द हुने भयाे ताताेपानी नाका ६दुवै पक्षका नेकपा सिन्धुकाे पदबाट हटाउने-राख्ने हाेड,केपी पक्षकाे संयाेजकमा देउजा ७ह्योल्मो भूमि हेलम्बुमा लोभलाग्दो हिमाल (फोटोफिचर) ८काँग्रेस सभापति देउवा बाह्रबिसे आउँदै