गृहपृष्ठ ∕ समाचार ∕ मेलम्ची-३ मा आजबाट निशुल्क औषधि वितरण सुरु मेलम्ची-३ मा आजबाट निशुल्क औषधि वितरण सुरु सिन्धु खबर जेठ ८, २०७७ गते १५:०५ मा प्रकाशित चौतारा । मेलम्ची नगरपालिका वडा नम्बर-३ ले आजबाट दीर्घरोगीहरुलाई निशुल्क औषधि वितरण सुरु गरेको छ । वडाभित्र रहेका दीर्घरोगीहरुको तथ्याकं संकलन गरेर औषधि खरिद गरि आजबाट औषधि वितरण सुरु गरेको वडाध्यक्ष वसन्त गुरुङले जानकारी दिए । वडाभित्र ९५ जना दीर्घरोगीहरु छन् । मेलम्ची नगरपालिकाको नगरभित्र रहेका दीर्घरोगीलाई निशुल्क वितरण गर्ने निति अनुरुप नै औषधि वितरण गरिएको हो । उनीहरु दम, प्रेसर, सुगर, मुटु, क्यान्सरलगायत रोगबाट पीडित छन् । लकडाउनका कारण औषधि सहज पाउन नसक्ने र अभाव भएर अर्को विपति नआओस भनेर वडाले निशुल्क औाषधि वितरण गरेको वडाध्यक्ष गुरुङले जानकारी दिए । यसअघि वडाका दीर्घरोगीहरुलाई वडाध्यक्ष आफैले व्यक्तिगत पहलमा पनि औषधि उपलब्ध गराउँदै आएका थिए । वडाले स्वास्थ्य सामग्री तथा राहत विरतणको काम गरिसकेको छ । कोरोना संक्रमण आशंकाका बिरामी देखिएमा तत्काल राख्नका लागि ७ बेडको क्वारेन्टाइन निर्माण गरेर तयारी अवस्थामा राखेको छ । क्याटेगोरी : समाचार, समाज ट्याग : #banner तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चार हप्तापछि मेलम्ची सुरुङमा पानी हाल्न सकिने चुनाव तयारीमा हाेमियाे निर्वाचन कार्यालय इन्द्रावतीका कार्यालय सहयोगीले गरे आत्महत्या सामुहिक बलात्कारमा संलग्न जुगलका कैलाश पक्राउ धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ३यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ४चाेरीका माेटरसाईकल नियन्त्रणमा सिन्धु प्रहरीकाे सक्रियता ५उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे ६चाइनीज नागरिक कुट्ने बुद्धि पक्राउ ७महिनाकै सर्वोत्कृष्ट प्रदेश प्रहरीमा बाह्रबिसेका इन्स्पेक्टर शाह ८नेकपा फुटको असर सिन्धुका पत्रकारमा पनि, को कता ?