Techie IT
Wednesday, January 27,2021 / बुधबार, माघ १४, २०७७
×
गृहपृष्ठसमाचारकोरोना नियन्त्रणका लागि टोल-टोलमा निगरानी समिति

कोरोना नियन्त्रणका लागि टोल-टोलमा निगरानी समिति


तातोपानी । भोटेकोशी गाउँपालिका वडा नम्बर-१ ले वडामा प्रवेश गर्ने सवारी साधनमा रोक लगाउने निर्णय गरेको छ । बुधबार बसेको वडाको बैठकले बाह्रबिसे नगरपालिका-९ राम्चेकी एक महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएपछि सबै त्रसित रहेकाले मोटर आउने बाटो डाक्लाङ र घिप्चेमा आवतजावत रोक लगाएको वडाध्यक्ष मुके शेर्पाले जानकारी दिए ।

साथै वडाले गोरेटो बाटोमा नयाँपुल, हिन्दी, काउले, टासिथाङ गोलु, दुगुना धारापानी, चाकु राङजाङगोरेटो बाटो आदि स्थानमा अत्यावश्यक भन्दा आवतजावत नगरिदिनुहुन अनुरोध गरेको छ । यदि आवतजावत गर्नै परे वडाले बनाएको कोरोना रोकथाम टोल निर्माण समितिको निगरानिमा गर्न पनि वडाले अनुरोध गरेको छ ।

यदि कोहीमा कोरोना संक्रमणका लक्षण पाइएमा १४ दिन क्वारेन्टाइन्मा लगेर राख्ने पनि अध्यक्ष शेर्पाले जानकारी दिए । वडाले वडाभित्र ८ वटा वडा निगरानी समिति गठन गरेको छ ।


क्याटेगोरी : समाचार, समाज
ट्याग : #banner


तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार