जुगलमा फ्रन्टलाइनमा काम गर्नेहरुको बिमा गरिने

चौतारा । जुगल गाउँपालिकाले फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मीहरु, कर्मचारी र जनप्रतिनिधिहरुको बीमा गर्ने भएको छ । बुधबार बसेको गाउँकार्यपालिकाको बैठकले १ लाख बराबर कोरोना जोखिम बीमा गर्ने निर्णय गरेको गाउँपालिकाले जनाएको छ ।
कोरोना संक्रमण भएमा सो बिमांक रकम स्वास्थ्यकर्मीहरु, कर्मचारी प्राप्त गर्नेछन् । जनप्रतिनिधिको हकमा भने बीमा बापतको शुल्क जनप्रतिनिधि आफैंले व्यहोर्नेछन् ।
आउन सक्ने सम्भावित जोखिमलाई ध्यान दिदै गाउँपालिकाले विभिन्न स्थानमा सुरक्षित आवास निर्माण गर्ने भएको छ । सेलाङ मावि, गोल्चे बगर, वडा नं ३, कालिदेवी मावी पाङताङ, डल्लेपोखरी पाङताङ, रत्नराज्य मावि चनौटे, हगाम र जलदेवी मावि मा सुरक्षित आवास स्थल तयार गर्ने गाउँकार्यपालिकाले निर्णय गरेको छ ।
होम क्वारेन्टिनलाई अझ व्यवस्थित गर्न बनाइएको मापदण्ड पारित गर्ने तथा उक्त मापदण्डको पालनाका लागि उचित प्रचारप्रसार गरिने भएको छ । अब जुगल बाहिरबाट आएका जो सुकै व्यक्तिपनि अनिवार्य १४ दिन क्वारेन्टिनमा बस्नैपर्ने भएको छ । आर्थिक वर्ष ०७७।७८ को नीति तथा कार्यक्रम तयारीका लागि विषयगत समितीहरुले कार्य थाल्ने निर्णय गरेको छ ।
क्याटेगोरी : समाचार, समाज
ट्याग : #breaking
तपाईको प्रतिक्रिया दिनुहोस