शनिबार, असोज ६, २०८०
गृहपृष्ठसमाचारमोबाइल पसल चोरी गर्ने पक्राउ

मोबाइल पसल चोरी गर्ने पक्राउ


चौतारा । मोबाइल पसल चोरी गर्ने एक बालक पक्राउ परेका छन् । मेलम्ची नगरपालिका-११ मा रहेको चन्दु मोबाइल हाउसबाट मोबाइल चोर्ने पाँचपोखरी थाङपालधाप गाउँपालिका – ७ का १३ वर्षीय बालकलाई आज प्रहरीले पक्राउ गरेको हो ।

उनलाई तिपेनी बजारमा शंकास्पद अवस्थामा हिडिरहेको बेला प्रहरीले सोधपुछ गरी खानतलासी गर्दा १४ थान मोबाइल पाएकाले पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए । बालकको साथबाट मोबाइलका साथै १३ हजार नगद, सात थान घडी, एयरफोन १० थान, चार्जर १४ थान, टर्च लाइट चार थान, मोबाइल कभर ५ थान, सिम अड्यामटर ९ थान, पावर बैक ५ थान, स्पिकर दुइ थान, डाटा केवुल २३ थान बरामद गरिएको काफ्लेले बताए ।

बालकलाई इलाका प्रहरी कार्यालय मेलम्चीमा राखिएको छ । पसल चोरीमा बालक मात्रै संलग्न छन् या अरुपनि भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । चन्दु थापाले सञ्चालन गरेको उक्त मोबाइल पसलमा हिजो चोरी भएको थियो । पसलको सटरको चाबी फोरी पसलभित्र रहेका मोबाइलहरु चोरी भएका थिए ।


क्याटेगोरी : समाचार, समाज
ट्याग : #banner

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!