शुक्रबार, कात्तिक ५, २०७८
गृहपृष्ठसमाचारदिनेशको दयालु मन

दिनेशको दयालु मन


चौतरा । कोरोना भाइरस संक्रमणबाट आमा गुमाएका बाह्रबिसे नगरपालिका -९ का नाबालकको लालनपालनका लागि दिनेश खतिवडाले ५१ हजार सहयोग गरेका छन् ।

जन्मिनासाथ आमा गुमाएका बच्चा देखेर आफूलाई धेरै दुख लागेर यो सहयोग गरेको दिनेशले आफ्नो फेसबुक स्टाटसमा लेखेका छन् । उनले बच्चाको लालनपालनका लागि ५१ हजार एक सय ५१ रुपैयाँ सहयोग गरेका हुन् ।

साथै उनले बाबुको उज्जवल भविष्यको कामना गरेका छन् । उनले यस्ता सामाजिक काम गर्न प्रोत्साहन गर्ने आफ्नो परिवार, मामा र सहयोगका लागि समन्वय गर्ने वाग्मती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलाललाई धन्यवाद समेत दिएका छन् ।

अमेरिका बस्दै आएका मेलम्ची-११ स्थायी ठेगाना भएका खतिवडाले विभिन्न सामाजिक काम गर्दै आएका छन् । यसअघि उक्त बच्चालाई पूर्वमन्त्री मोहन बहादुर बस्नेतले ५० हजार सहयोग र १२ कक्षासम्मको शिक्षाको जिम्मा लिने बताएका थिए ।


क्याटेगोरी : समाचार, समाज
ट्याग : #banner

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!