गृहपृष्ठ ∕ समाचार ∕ सिन्धुपाल्चोकका घाटहरुको विवरण तयार गरिने सिन्धुपाल्चोकका घाटहरुको विवरण तयार गरिने सिन्धु खबर जेठ ७, २०७७ गते १९:२४ मा प्रकाशित चौतारा । कोरोना संक्रमण बढदै गएको एक जनाको निधनसमेत भएको अवस्थालाई ध्यान दिएर जिल्लाभरका घाटहरुको विवरण संकलन गरिने भएको छ । आज प्रहरी प्रमुख प्रज्वल महर्जनको संयोजकत्वमा बसेको जिल्ला शव व्यवस्थापन समितिको बैठकले संक्रमणबाट मृत्यु भएकाको सहज रुपमा दाहसस्कार गर्न स्थानीयले प्रयोग गर्दै आएको घाटहरुको विवरण जानकारीमा राख्न यस्तो निर्णय गरेको हो । संक्रमितको मृत्यु भएपछि दाहसस्कारको व्यवस्थापन मिलाउन सहज हुने भएकाले स्थानीय तहको सहयोगमा विवरण संकलन गर्न लागेको जानकारी प्रहरीले दिएको छ । त्यसैगरी शव व्यवस्थापनका लागि शव वाहनको खोजी गरेर राख्न पनि भनिएको छ । शव व्यवस्थापन गर्दा कोभिड-१९ का कारण अस्पतालमा हुने मृत्यु, सवारी साधन पुग्न सक्ने अवस्थामा घरमै हुने मृत्यु, सवारी साधन नपुग्ने अवस्थामा भएको मृत्युलाई आधार मान्न पनि स्थानीय तहलाई अनुरोध गरिएको छ । प्रत्येक स्थानीय तहमा महामारीको अवस्था आउँदा शव व्यवस्थापन गर्दा चालकसहित छुट्टै भाग भएको सवारी साधनको व्यवस्थापन गर्न भनिएको छ । त्यस्तै बैठकले नेपाल रेडक्रस सोसाइटीलाई स्वेच्छिक रुपमा शव व्यवस्थापन गर्ने स्थानीय इच्छुक व्यक्ति वा संस्थाको विवरण संकलन गर्न भनेकोे छ । त्यसैगरी शव व्यवस्थापन गर्न तोकिएका सामग्रीहरु तयारी अवस्थामा राख्न पनि बैठकले विपद व्यवस्थापन समिति र स्थानीय विपद व्यस्थापन समितिलाई आग्रह गरेको छ । क्याटेगोरी : समाचार, समाज ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार पत्रकार ध्रुव दंगाल सम्मानित पत्रकार महासंघ सिन्धुपाल्चोकमा श्रेष्ठ, बाम गठबन्धनको प्यानलै विजयी (कस्को कति… पत्रकार महासंघ सिन्धुपाल्चोकको अध्यक्षमा ४ को उम्मेद्वारी, कुल ४९ ले… मानव बेचविखन रोक्न सबै जुट्नु आवश्यक धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २क्रसरका संञ्चालकले मार्ने योजना बनाएको भन्दै वडाध्यक्षले सुरक्षाकर्मी गुहारे ३मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ४सामुहिक बलात्कारमा संलग्न जुगलका कैलाश पक्राउ ५काँग्रेस क्षेत्रीय सचिव वासुमाथि सांघातिक आक्रमण ६स्वास्थ्य केन्द्रका राई तीन महिनादेखि बेपत्ता ७लिस्तीकोट दुगुनागढी माउण्टेन ट्रेल रेसमा सोलुखुम्बूका सुमन प्रथम ८यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो