उद्योग वाणिज्य संघले गर्यो स्वास्थ्य सामग्री सहयोग

चौतारा । उद्योग वाणिज्य संघ सिन्धुपाल्चोकले सुरक्षाकर्मीलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । आज एक कार्यक्रमकाबीच चौतारामा उद्योग वाणिज्य संघले स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।
संघका अध्यक्ष वेद बहादुर श्रेष्ठसहितको टोलीले जिल्ला कोभिड-१९ विपद व्यवस्थापन केन्द्रका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाललाई सो सामान हस्तान्तरण गरेको हो ।
संघले एन नाइन्टिन फाइभ मास्क ४० वटा, मेडिकल मास्क २ हजार वटा, पन्जा २ हजार वटा, स्यानिटाइजर छ सय एमएल ४० वटा, पीपीइ सेट ८ वटा, डिस्पोजल मास्क ७ सय ५० वटा र कपडा मास्क २ सय ६० वटा सहयोग गरेको छ ।
त्यस्तै संघले इलाका प्रहरी कार्यालय बाह्रबिसे, सिमा सुरक्षा लामोसाँघु, जिल्ला ट्राफिक कार्यालय अँधेरी र बलेफी प्रहरी चौकीमा पनि स्वास्थ्य सामग्री वितरण गरेको छ । सुरक्षाकर्मीहरु लकडाउनको समयमा अग्रमोर्चामा खटिएर काम गर्ने भएकाले उनीहरुको स्वास्थ्यलाई ध्यान दिँदै केही सामग्री सहयोग गरेको संघका अध्यक्ष श्रेष्ठले बताए ।
स्वास्थ्य सामग्री लिएर संघका अध्यक्ष श्रेष्ठ, वरिष्ठ उपाध्यक्षद्धय होम बहादुर बस्नेत (राजकुमार) र श्यामकृष्ण श्रेष्ठ, महासचिव यादव दाहाल, सल्लाहाकार भूपेन्द्र भण्डारीलगायतको टोली आज बिहानै चौतारा गएका थिए ।
क्याटेगोरी : समाचार, समाज
ट्याग : #breaking
तपाईको प्रतिक्रिया दिनुहोस