गृहपृष्ठ ∕ समाचार ∕ क्वारेन्टाइन बसेर गाउँ गएका युवा सिकिस्त भएपछि अस्पताल पठाइयो क्वारेन्टाइन बसेर गाउँ गएका युवा सिकिस्त भएपछि अस्पताल पठाइयो सिन्धु खबर जेठ ७, २०७७ गते १७:४९ मा प्रकाशित चौतारा । दुई हप्ता सुनकोसी गाउँपालिकामा रहेको क्षेत्रीय (महिला सीर्जनशील) क्वारेन्टाइनमा बसेर घर गएका एक युवक बिरामी भएपछि अस्पताल लगिएको छ । सुनकोसी गाउँपालिका ६ सानोपाखरका ३३ वर्षीय युवालाई छाति दुख्ने र ज्वरो आउने समस्या भएपछि अस्पताल पठाइएको हो । उनी गत वैशाख १० गते जनकपुरबाट सिन्धुपाल्चोक आएका थिए । उनी वैशाख ११ देखि क्वारेन्टाइनमा बसेर २५ गते निस्किएको प्रहरी उपरीक्षक माधव प्रसाद काफ्लेल जानकारी दिए । दुई हप्ता क्वारेन्टाइनमा बसेपछि बैशाख २४ गते उनको आरडीटी प्रविधि मार्फत कोरोना भाइरस परीक्षण गरिएको थियो । परीक्षणमा नेगेटिभ रिपोर्ट आएपछि उनलाई घर पठाइएको थियो । हिजो देखि एक्कासि ज्वरो आउने र छाति दुख्ने समस्या देखिएपछि उनलाई अस्पताल पठाइएको जनस्वास्थ्य अधिकृत दुर्गादत चापागाईले जानकारी दिए । उनलाई धुलिखेल अस्पताल लगिदैं छ । क्याटेगोरी : समाचार, समाज ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार पत्रकार ध्रुव दंगाल सम्मानित पत्रकार महासंघ सिन्धुपाल्चोकमा श्रेष्ठ, बाम गठबन्धनको प्यानलै विजयी (कस्को कति… पत्रकार महासंघ सिन्धुपाल्चोकको अध्यक्षमा ४ को उम्मेद्वारी, कुल ४९ ले… मानव बेचविखन रोक्न सबै जुट्नु आवश्यक धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २क्रसरका संञ्चालकले मार्ने योजना बनाएको भन्दै वडाध्यक्षले सुरक्षाकर्मी गुहारे ३मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ४सामुहिक बलात्कारमा संलग्न जुगलका कैलाश पक्राउ ५काँग्रेस क्षेत्रीय सचिव वासुमाथि सांघातिक आक्रमण ६स्वास्थ्य केन्द्रका राई तीन महिनादेखि बेपत्ता ७लिस्तीकोट दुगुनागढी माउण्टेन ट्रेल रेसमा सोलुखुम्बूका सुमन प्रथम ८यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो