शनिबार, असोज ६, २०८०
गृहपृष्ठसमाचारनिधन भएकी सुत्केरीका परिवारसहित ५३ जनाको कोरोना रिपोर्ट नेगेटिभ

निधन भएकी सुत्केरीका परिवारसहित ५३ जनाको कोरोना रिपोर्ट नेगेटिभ


चौतारा । बाह्रबिसे नगरपालिका -९ राम्चेमा स्वाब संकलन गरी पठाइएका ५६ जना मध्ये ५३ जनाको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । यो सँगै उनीहरुमा कोरोना संक्रमण छैन् भन्ने पुष्टि भएको छ । स्वाब संकलन गरिएको परिवारका सदस्य र महिलासँग प्रत्यक्ष सम्पर्क भएका छिमेकी तथा स्थानीयमध्ये ५३ जनाको रिपोर्ट नेगेटिभ आएको जनस्वास्थ्य अधिकृत दुर्गादत चापागाईले जानकारी दिए ।

बाँकी तीन जनाको रिपोर्ट क्लियर नआएका कारण सोमबार पुन स्वाब संकलन गरेर पठाइएको उनले बताए । सोमबार स्वाब संकलन गरिएका १ सय ४१ जनाको रिपोर्ट भने आउन बाँकी छ । हिजो १ सय ३३ जनाको राम्चे, बाह्रबिसे बजार र प्राथमिक स्वास्थ्य केन्द्रमा स्वाब संकलन गरिएको थियो ।

बाँकी आठजना मध्ये सुनकोशी गाउँपालिका-४ बाट ६ जना र साविकको ठोकर्पाबाट २ जनाको स्वाब संकलन गरिएको थियो । सुत्केरी बोकेको बलेरो चालकका श्रीमती सोही गाडीमा चढेर सुनकोशी ४ यमुनाडाँडा माइती गएकाले उनको माइती तर्फका व्यक्तिको स्वाब संकलन गरिएको हो । बाँकी २ जना सुत्केरी महिला भेट्न राम्चे गएका थिए । उनीहरुलाई सुकुटे बोलाएर स्वाब संकलन गरिएको थियो ।


क्याटेगोरी : समाचार, समाज
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!