Techie IT
Sunday, November 1,2020 / शनिबार, कात्तिक १५, २०७७
×
गृहपृष्ठसमाचारस्वाब संकलन गर्ने टोलीलाई सहयोग र जिल्ला समन्यव गर्न डीएसपी काफ्लेको नेतृत्वमा टोली गठन

स्वाब संकलन गर्ने टोलीलाई सहयोग र जिल्ला समन्यव गर्न डीएसपी काफ्लेको नेतृत्वमा टोली गठन


चौतारा । बाह्रबिसे नगरपालिकाकामा कन्ट्याक्ट् ट्रेसिङ र स्वाब नमूना संकलन गर्न गएको टोलीलाइ आवश्यक सहयोग गर्न र जिल्लासँग समन्वय गर्न प्रहरी नायव उपरीक्षण माधव प्रसाद काफ्ले (डीएसपी)को संयोजकत्वमा टोली गठन गरेको छ । आज बसेको कोभिड १९ विपद व्यवस्थापन समितिको बैठकले स्थानीय स्तर तथा जिल्ला समन्वय गर्न डीएसपी काफ्लेको संयोजकत्वम टोली गठन गरेको हो ।

काफ्ले संयोजक रहेको टोलीमा प्रशासकीय अधिकृत रामकृष्ण घिमिरे, अनुसन्धान अधिकृत नारायण पौडेल र परिवार नियोजन निरिक्षक सेवक नेपाल सदस्य छन् । यो टोलीले स्वाब संकलन गर्न गएको टोलीलाई आवश्यक सहयोग र समन्वय गर्नेछ ।

त्यसैगरी थप क्वारेन्टाइन र आइसोलेसन व्यवस्थापन गर्न जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामागंको संयोजकत्वमा टोली गठन गरेको छ । टोलीका अन्य सदस्यमा सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनाल र जनस्वास्थ्य प्रमुख दुर्गादत चापागाई रहेका छन् । कोरोना संक्रमणको अवस्था तीव्र रुपमा बढेको र जिल्लामा संक्रमणका कारण एकजनाको ज्यान गइसकेको अवस्थामा थप क्वारेन्टाइन र आइसोलेसनको व्यवस्था गर्न टोली गठन गरिएको हो ।

जिल्लामा मेलम्ची, चौतार र सुनकोसीमा गरी तीनवटा क्षेत्रीय क्वारेन्टाइन छन् । त्यसैगरी बैठकले स्वाब संकलनका लागि थप टोली परिचालन गर्न नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा प्रदेशको सामाजिक विकास मन्त्रालयलाई अनुरोध गर्ने भएको छ । स्वाब संकलन गर्न स्थानीय स्तरमा स्थानीय तहहरु (बाह्रबिसे नपा र बलेफि गापा) लाई अनुरोध गर्ने केन्द्रले निर्णय गरेको छ ।


क्याटेगोरी : समाचार, समाज
ट्याग : #banner


तपाईको प्रतिक्रिया दिनुहोस