बुधबार, असोज १७, २०८०
गृहपृष्ठसमाचारराम्चे र बाह्रबिसेमा गरी आज १ सय ३३ जनाको स्वाब संकलन

राम्चे र बाह्रबिसेमा गरी आज १ सय ३३ जनाको स्वाब संकलन


बाह्रबिसे । कोरोना संक्रमणका कारण मृत्यु भएकी सुत्केरीको गाउँमा कन्ट्याक्ट् ट्रेसिङ गरी आज १ सय ३३ जनाको स्वाब संकलन गरिएको छ । आज तीन ठाउँ राम्चे, बाह्रबिसे बजार र प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्कर्मीको सहित १ सय ३३ जनाको स्वाब संकलन गरिएको जिल्ला स्वास्थ्य कार्यालयका बरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईंले जानकारी दिए । यो सँगै बाह्रबिसे नगरपालिकाका १ सय ८७ जनाको स्वाब संकलन भएको छ ।

राम्चेमा ४६ जना, बाह्रविसे बजार र प्राथमिक स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी, सुरक्षाकर्मीसहित ८७ जनाको स्वाब संकलन गरिएको छ । यसमा ११ जना सुरक्षाकर्मीको पनि स्वाब संकलन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए । यी बाहेक कन्ट्याक्ट् ट्रेसिङ गरि थप व्यक्तिको स्वाबसमेत लिइने जनस्वास्थ्य अधिकृत चापागाईंले बताए ।

हिजो राम्चेमा गरिएको ५४ जनाको स्वाब परीक्षणका लागि काठमाण्डौं पठाइसकिएको छ । हिजोको स्वाबको रिपोर्ट आज साँझसम्म आइपुग्ने उनले बताए । चापागाईंका अनुसार मृत्यु भएकी महिलासँग सम्पर्कमा रहेका परिवार, आफन्त ,स्थानीय र स्वास्थ्यकर्मीको स्वाब संकलन गरिएको हो ।


क्याटेगोरी : समाचार, समाज
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!