चीनले सिन्धुपाल्चोकलाई स्वास्थ्य सामग्री सहयोग गर्ने

तातोपानी । सिन्धुपाल्चोकसँग सीमा जोडिएको चीनको न्यालम जिल्लाले सिन्धुपाल्चोक जिल्लालाई स्वास्थ्य सामग्री सहयोग गर्ने भएको छ । सो स्वास्थ्य सामग्री न्यालम जिल्लाका प्रतिनिधिले मंगलबार तातोपानी नाकामा एक कार्यक्रमकाबीच हस्तान्तरण गर्ने कार्यक्रम रहेको भन्सार प्रमुख लाल बहादुर खत्रीले जानकारी दिए ।
प्रमुख खत्रीका अनुसार सो सामग्री नेपालका तर्फबाट प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले लिनेछन् । गत वैशाख २ गते दुई देशका सुरक्षा अधिकारीहरुको बैठकमा न्यालम जिल्लाका सिडियो मिस्टर फेङ लि वीले सिन्धुपाल्चोक जिल्लालाई स्वास्थ्य सामग्री सहयोग गर्ने पतिबद्धता जनाएका थिए ।
स्वास्थ्य सामाग्रीमा के के छन् भन्ने उल्लेख नगरेपनि पीपीई, मास्कलगायत हुन सक्ने प्रमुख खत्रीले बताए ।
क्याटेगोरी : समाचार, समाज
ट्याग : #banner
तपाईको प्रतिक्रिया दिनुहोस