शनिबार, असोज ६, २०८०
गृहपृष्ठराजनीति‘भिड र जुलुस होइन, लकडाउनको पालना गरौ’ : सिन्धु कांग्रेस

‘भिड र जुलुस होइन, लकडाउनको पालना गरौ’ : सिन्धु कांग्रेस


चौतारा । नेपाली कांग्रेस सिन्धुपाल्चोकले सरकारले घोषणा गरेको डकडाउनको पूर्ण पालना गर्न आफ्ना नेताकार्यकर्तालाई आब्हान गरेको छ । पार्टीका जिल्ला सचिव विलबहादुर तामाङले हिजो जारी गरेको वक्तव्यमा कोरोना भाइरस(कोभिड–१९) का कारण उत्पन्न असहज परिस्थितिमा जुलुस र भिडभाड नगरी घरमै बस्न आब्हान गरिएको छ । कांग्रेसले लकडाउन सफल बनाउन सवैमा अनुरोध गरेको छ ।

सुत्केरीको निधनप्रति दुःख व्यक्त

सभामुख अग्नीप्रसाद सापकोटाले सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका– ९ राम्चेकी २९ वर्षीया सुत्केरीको कोभिड–१९ बाट निधन भएको खबरले आफु दुखी भएको बताएका छन् । उनले ट्वीटमार्फत उक्त परिवारजनमा समवेदना प्रकट गरेका छन् । उनले ट्वीटमा भनेका छन्,‘सतर्कता अपनाऔं, संयमित बनौ ।’

कांग्रेसले दियो समवेदना  

यसैबीच सिन्धु कांग्रेसले राम्चेकी सुत्केरीको कोभिड–१९ बाट निधन भएको खबरले पार्टीलाई दुखित तुल्याएको भन्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ । सचिव तामाङले हिजो जारी गरेको वक्तव्यमा कोभिड–१९ बाट विश्वमै त्रसित अवस्था सिर्जना भएको भन्दै सवैलाई धैर्य गर्न भनिएको छ ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!