Techie IT
Sunday, October 25,2020 / आईतबार, कात्तिक ९, २०७७
×
गृहपृष्ठसमाचारकोरोनाबाट निधन भएकी सुत्केरीको परिवारको कोरोना रिपोर्ट नेगेटिभ, आजै घर ल्याउने तयारी

कोरोनाबाट निधन भएकी सुत्केरीको परिवारको कोरोना रिपोर्ट नेगेटिभ, आजै घर ल्याउने तयारी


चौतारा । कोरोनाले मृत्यु भएकी बाह्रबिसे नगरपालिका–९ राम्चेकी २९ वर्षीया महिलाको परिवारका सदस्यको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । मृतक महिलाका श्रीमान्, छोरा, आमा र बहिनीको नमुना लिई गरिएको परीक्ष्णमा सबैको रिपोर्ट नेगेटिभ आएको हो ।

धुलिखेलमा रहेका उनीहरुलाई प्रशासनको समन्वयमा घरमा लगेर १४ दिन क्वारेन्टाइनमा राखिने र त्यसपछि फेरि पीसीआर गरिने तयारी छ । सिन्धुपाल्चोककी एक सुत्केरी महिलाको कोरोनाका कारण बिहीबार मृत्यु भएको थियो ।


क्याटेगोरी : समाचार, समाज
ट्याग : #banner


तपाईको प्रतिक्रिया दिनुहोस