कोरोनाबाट आमा गुमाएका नाबालकको शिक्षा र पालनपोषणको लागि पूर्वमन्त्री बस्नेतको सहयोग

बाह्रबिसे । कोरोना संक्रमणका कारण आमा गुमााएका नाबालकलाई पूर्वमन्त्री तथा नेपाली काँग्रेस केन्द्रीय सदस्य मोहन बहादुर बस्नेतले सहयोग गर्ने भएका छन् । बच्चाको लालनपालन र उच्च शिक्षाकालागि पूर्वमन्त्री बस्नेतले सहयोग गर्ने भएका हुन् ।
अहिले तत्काल बच्चाको लालनपालन र पौष्टिक आहारका लागि ५० हजार सहयोग गर्ने पूर्वमन्त्री बस्नेतले जानकारी दिएका छन् । `परिवारको आर्थिक अवस्था निकै कमजोर छ उनले भने, त्यसैले बच्चाको पौष्टिक आहाराका लागि ५० हजार दिने घोषणा गरेको हुँ ।` उनले सो रकम बच्चाका बाबु धुलिखेलबाट फर्कनासाथ हस्तान्तरण गर्ने बताएका छन् ।
साथै बच्चाको १ देखि १२ कक्षासम्मको शिक्षाको जिम्मा पनि पूर्वमन्त्री बस्नेतले नै लिने बताएका छन् । `१२ कक्षासम्मको जिम्मा म लिन्छु त्यसपछि उच्च शिक्षाको लागि पनि मेरो सहयोग रहने छ` उनले भने । उच्च शिक्षा पछि बच्चाको रोजगारको जिम्मा पनि बस्नेतले नै लिएका छन् ।
ती महिला कोरोना संक्रमणबाट मर्ने नेपालकै पहिलो व्यक्ति हुन् । उनलाई सुत्केरी अवस्थामा नै कोरोनाले च्यापेको थियो । उनको गत बिहीबार धुलिखेल अस्पतालमा निधन भएको थियो । बच्चा धुलिखेल अस्पतालमै रहेका छन् । उनको स्वास्थ्य अवस्था राम्रो रहेको पारिवारिक स्रोतले बताएको छ । ती महिला बस्नेतको छिमेकी गाउँकी हुन् ।
क्याटेगोरी : समाचार, समाज
ट्याग : #breaking
तपाईको प्रतिक्रिया दिनुहोस