गाउँपालिका अध्यक्षको पीसीआर रिपोर्ट नेगेटिभ

चौतारा । जुगल गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । कोरोना आशंकामा गरिएको पीसीआर परीक्षणमा नेगेटिभ रिपोर्ट आएपछि कोरोना नभएको पुष्टि भएको छ ।
अध्यक्षा श्रेष्ठले सामाजिक सञ्जालमा लेख्दै पीसीआर रिपोर्ट नेगेटिभ आएको बताएका हुन् । बाह्रबिसे नगरपालिका ९ राम्चेकी महिलाको कोरोना पोजेटिभका कारण मृत्यु भएपछि केही दिन अघि राहत वितरणका लागि बाह्रबिसे, तातोपानी क्षेत्र गएका अध्यक्ष श्रेष्ठको आरडीटी परीक्षण गरिएको थियो ।
त्यसमा शंकास्पद रिपोर्ट आएपछि पीसीआर परीक्षणका लागि स्वाब संकलन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको र त्यसको रिपोर्ट नेगेटिभ आएको अध्यक्ष श्रेष्ठले आफ्नो फेसबुकमा लेखेका छन् । यसबीचमा विभिन्न व्यक्तिहरुले फैलाएको अफवाहले आफू र आफ्नो परिवारलाई निकै मर्माहत बनाएको पनि अध्यक्ष श्रेष्ठले बताएका छन् ।
क्याटेगोरी : समाचार, समाज
ट्याग : #breaking
तपाईको प्रतिक्रिया दिनुहोस